विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २३, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले काठमाडाैँकाे माइतीघर मण्डलामा दीप प्रज्वलन गरेकको छ । विपत्‌मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावितहरूको सुरक्षित उद्धारको कामनासहित एशोसिएसन केन्द्रीय कार्यालयले सोमबार साँझ दीप प्रज्वलन गरेको हो । 

कार्यक्रममा एशाेसिएशनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले कुनै पनि विपत्‌मा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । बाढीमा क्षतिग्रस्त विद्युत् केन्द्र तथा आयोजनाहरूमा कैयाैँ इन्जिनियरसहितका व्यक्तिले ज्यान गुमाउनु परेकाे र कैयाैँ अझै सम्पर्कविहीन रहेको भन्दै उनीहरूका परिवार तथा आफन्तप्रति सहानुभूति प्रकट गरे । प्रभावित परिवार साथमा रहेर संगठनले सहयाेगी भूमिका निर्वाह गर्ने बताउँदै उनले हराइरहेकाहरूका खोज तथा उद्धारमा राज्यका सम्पूर्ण निकायले अझ सम्पूर्ण शक्ति लगाएर तीव्रताका साथ काम गर्नुपर्ने भनाइ राखे । 

एशाेसिएशनको आह्वानमा साेमबार नै कोशी प्रदेश, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीलगायत प्रदेशमा समेत दीप प्रज्वलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३