काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायलाई सम्मान गरेकाे छ । इपानले आफ्नो २१औं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।
इपानले ‘इपान विशेष सम्मान’ बाट घिसिङ र ‘ऊर्जा ज्योति पुरष्कार’ बाट उपाध्यायलाई सम्मान गरेको छ। उपाध्याय जलस्रोत सचिव हुँदा पहिलोपटक निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्न दिने नीतिगत निर्णय भएको थियो । घिसिङलाई ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाले सम्मान गरिएको हो ।