विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, (इपान) ले प्रदेश-१ कमिटि गठन गरेकाे छ । जलविद्युत प्रवर्द्धक डेडराज खड्काकाे संयाेजकत्वमा शुक्रबार कमिटि गठन गरिएकाे हाे ।

 प्रदेश-१ अन्तर्गतका जलविद्युत आयोजना निर्माणमा देखिने समस्याकाे  नीतिगत समाधान गर्ने उद्देश्यले कमिटि गठन गरिएकाे इपानले जनाएकाे छ । इपानका अनुसार खड्का संयाेजक रहेकाे कमिटिमा रमेशप्रसाद न्याैपानेलाई सह-संयाेजक ताेकिएकाे छ ।

यस्तै, साेमनाथ कँडेल सचिव र कुमार खरेल काेषाध्यक्षमा नियुक्त भएका छन् । कविन महर्जन, रोशन बस्ने, दिपक राई, गोपाल मैनाली र तारा सुब्बा कमिटीकाे सदस्य चयन भएका छन् ।

कमिटिले प्रदेश-१ मा निजी क्षेत्रकाे लगानीका निर्माणाधीन, सञ्चालनमा रहेका तथा अध्ययनकाे चरणमा रहेका एवं पहिचान भएका जलविद्युत आयोजनामा आइपरेको समस्याकाे अध्ययन गरी समाधानकाे पहल गर्नेछ ।

प्रदेश १ मा करिब १२ हजार ९ सय ५३ मेगावाट विद्युत उत्पादनकाे सम्भावना छ । याे प्रदेशका झापा, माेरङ, सुनसरी, उदयपुर बाहेकका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम,, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, ओखलढुङगालगायत जिल्लामा जलविद्युत उत्पादनकाे सम्भावना छ । जलविद्युत उत्पादनकाे सम्भावना रहेका जिल्लामा  निजी क्षेत्रकाे लगानीमा धेरै आयोजना अघि बढेका छन्।

इपानकाे विधानअनुसार प्रदेश-१ कमिटि गठन गरिएकाे हाे । अब क्रमशः ७ वटै प्रदेशमा कमिटि चयन गरिने इपानले जनाएकाे छ । सबै प्रदेशका संयाेजकहरू यसअघि नै चयन भइसकेका छन् । 

२०७६ माघ १० गते बसेको इपान सञ्चालक समितिको बैठकले ११ सदस्यीय कार्यसमिति विस्तार गरी २३ पुर्याउने उद्देश्यले विधान संशोधन गरेको थियो । जसअनुसार प्रदेशमा एक–एक जना संयोजक तोक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit