विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पुवा खोला–वान हाइड्रो पावर लिमिटेड र श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा पुस २९ गते हुने भएको छ । सञ्चालक समितिले  पुवा खाेलाकाे पुस ३ गते र श्वेत गंगाकाे पुस ६ गते बसेको बैठकले उक्त साभाको मिति तय गरेको हो । 

कम्पनीका अनुसार सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, हिसाब तथा  नगद प्रबाह लगायत विषयमा छलफल गरिनेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । 

सभामा सेयरधनी र सर्वसाधरणका लागि सेयर निष्कासनको विषयमा छलफल गरि प्रस्ताव पारित गर्नेछ ।

पुवा खोला–वान हाइड्रो पावरको पुस २९ गते बिहान १० बजेबाट युनियन हाउस अनामनगर र श्वेत गंगा हाइड्रो पावर एण्ड कन्सट्रक्सनको पुस २९ गते कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit