विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एशियन हाइड्रो पावर लिमिटेडकाे सेयर आवेदन अवधि एक दिन थप भएकाे छ । कम्पनीले ताेकिएकाे सेयर आवेदनकाे समयावधिमा सार्वजनिक विदा परेकाेले एक दिन थप गरेकाे हो ।

सेयर आवेदन अवधि आज (फागुन २ गते) सम्म मात्र भएपनि आइतबार (फागुन १ गते) सार्वजनिक विदा परेकाेले एक दिन थप गरेकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार अब सर्वसाधारणले मंगलबार (फागुन ३ गते) सम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि माघ २७ गतेदेखि ६ लाख ९७ हजार २ सय कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत हुन आउने अर्थात ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्येको १० प्रतिशत हुन आउने अर्थात ८४ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसिरहेका नेपाली नागरिकका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात १६ हजार ८ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बाँकी ६ लाख ९७  हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले अब फागुन ३ गते (बुधबार) सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको इलाममा ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना सञ्चालनमा छ । उक्त आयोजनाले २०७८ कातिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । आयोजनाको कुल लागत १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३