विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गर्ने साढे २ सय ग्राहकको लाइन काटेको छ । प्राधिकरणको दमक वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।

माघ महिनामा मात्रै महसुल नतिरेका २ सय ५२ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख सरोज कुमारले बताए । उनका अनुसार ग्राहकको लाइन काटेर कारबाही गरेपछि एक महिनामा ७४ लाख ४६ हजार रुपैयाँ बाँकी महसुल वितरण केन्द्रले उठाएको छ ।

‘३ महिनाभन्दा बढी समयको महसुल तिर्न बाँकी देखिएका ग्राहकको लाइन काटेर कारबाही गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘लाइन काटिएपछि ग्राहकले प्राधिकरण कार्यालयमा आएर महसुल तिरिरहेका छन् ।’ उनले दमक वितरण केन्द्रले महसुल तिर्न अटेर गर्ने ग्राहकको पहिचान गरी नियमितरूपमा लाइन काट्दै आएको बताए ।

यस्तै, हुकिङ गरेर विद्युत चोरी गर्ने ११ जना ग्राहक पनि कारबाहीमा परेका छन् । उनीहरूबाट ५३ हजार रुपैयाँ असुल गरिएको छ ।

३ जना कालो सूचीका ग्राहकलाई समेत कारबाही गरिएको छ । वर्षौंसम्म महसुल तिर्न नआउने ग्राहकको नाम कालो सूचीमा राखेर कारबाही गरिएको उनले बताए । कालो सूचीका ग्राहकबाट १ लाख ८ हजार ३ सय रुपैयाँ असुल भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३