विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी  (एचआइडिसिएल) ले ७ अर्ब ४३ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत परियोजनामा उक्त ऋण प्रवाह गरेको हो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएको जलविद्युत आयोजना यति ऋण प्रवाह गरेको हो । आर्थिक वर्ष (आव) को पुससम्मको अवधिमा विभिन्न जलविद्युत आयोजनामा ७ अर्ब ४३ करोड ऋण प्रवाह गरेको कम्पनी सार्वजनिक गरेको आव २०७९/८० को दोस्रो त्रैमासको वित्तिय विवरणमा उल्लेछ छ । विवरण अनुसार यस त्रैमासिक अवधिमा मात्र ६ करोड ९२ लाख रुपैयाँ ऋण प्रवाह भएको छ ।

यो अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ ऋण असुली गरेको कम्पनीले जनाएको छ । यस्तै, आव २०७९/८० को पुस मसान्तसम्ममा स्वपूजी लगानी अन्तर्गत सहायक कम्पनी तथा सार्वजनिक एवम् निजी प्रवद्धित जलविद्युत आयोजना वा कम्पनीमा २ अर्ब ७१ करोड ४२ लाख रुपैयाँ स्वपूजी लगानी भएको जनाएको छ । साथै, यस त्रैमासमा मात्र ५ करोड ८७ लाख रुपैयाँ थप सेयर लगानी भएको छ ।

दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ६७ करोड ५२ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही समयावधिमा ४५ करोड ३६  लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसका अतिरिक्त कम्पनीमा रणनीतिक साझेदारी, सरकारी क्षेत्र तथा नीजि क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल ३११४ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनाहरुमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरू प्राप्त भई अध्ययन तथा मूल्याकंन भइरहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३