विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साना तथा कम क्षमताका विद्युतीय पूर्वाधारमा निर्वाह भइरहेको देशको प्रसारण सञ्जाल अब विस्तारै २०० केभी र ४०० केभीमा रूपान्तरण हुँदै गएको छ । देशको आवश्यकता, विकासको गति र विद्युत् उत्पादनमा हुँदै आएको वृद्धिका कारण यस क्षेत्रलाई फराकिलो बनाउँदै लगिएको हो ।

देशभर ४०० केभीका उच्च क्षमताका प्रसारण लाइन निर्माणको क्रममा रहेकोमा हालै मात्र हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी लाइन सञ्चालनमा आएको छ । यस्तै, ४०० केभीका सबस्टेसन पनि पूरा हुँदै आएका छन् । यसबाट प्रस्ट हुन्छ, हिजोको १३२ केभी वा ६६ केभी प्रसारण पूर्वाधारबाट देशले विस्तारै रूपान्तरणको गति समातेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ सम्म देशभर करिब ६ हजार ५ सय सर्किट किलोमिटर प्रसारण लाइन सञ्जाल पुगेको छ । त्यसमा ४००, २२०, १३२ र ६६ केभीका प्रसारण लाइन समावेश गरिएको छ । कूल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटर छ ।

आव २०७२/७३ सम्म २ हजार ९ सय सर्किट किलोमिटर रहेकोमा आव २०७३/७४ मा ३ हजार ३ सय, आव २०७४/७५ मा ३ हजार ५ सय, २०७५/७६ मा ३ हजार ९ सय र आव २०७६/७७ मा ४ हजार २ सय सर्किट किलोमिटर प्रसारण लाइन पुगेको थियो । त्यस्तै, आव २०७७/७८ मा ४ हजार ८ सय, २०७८/७९ मा ५ हजार ३ सय र २०७९/८० मा ५ हजार ७ सय सर्किट किलोमिटर प्रसारण लाइन पुगेको जनाइएको छ ।

यसैगरी, ग्रीड सबस्टेसनको क्षमता १३ हजार ५० एमभीए पुगेको छ । आव २०७२/७३ मा २ हजार २ सय २३ एमभीए मात्र रहेको ग्रीड सबस्टेसन क्षमता गत आवसम्म १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसनहरू रहेका छन् ।

प्राधिकरणले बुटवल पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड–सेन्टर भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ–निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । देशका प्रमुख शहरलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिकरूपमा कार्यान्वयन अगाडि बढाइएको छ ।

सीमापार प्रसारण लाइन निर्माण

भारतसँगको विद्युत व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।

इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयन चरणमा छन् । साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीचको विद्युत्व्यापारलाई थप सहज बनाउन इनरुवा–अनारमणि ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

यसरी, सन् २०३५ सम्म २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ ।

ग्रीड सबस्टेसन तथा वितरण

ग्रीड सबस्टेसनबाट उपभोक्तासम्म विद्युत पुर्‍याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको जनाइएको छ । आव २०७२/७३ सम्म वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर थियो । कूल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर पुगेको छ ।

वितरणतर्फको सबस्टेसनको क्षमता २ हजार ५ सय एमभीए पुगेको छ । वितरण सबस्टेसनको सख्या १ सय ९६ वटा छ । ८ वर्षअघि सबस्टेसनको संख्या ८० र क्षमता ६ सय ४० एमभीए मात्र थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३