विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । २०७८ सालको कात्तिक र मंसिर महिनामा नेपाल विद्युत प्राधिकरणका ४७ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उमेर हद तथा सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा २ देखि १२ तहसम्मका कर्मचारीले सेवाबाट अवकास पाउन लागेका हुन् ।

कात्तिकमा १९ र मंसिरमा २८ कर्मचारीले सेवाबाट अवकास पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कार्यालय सहयोगीदेखि उप–कार्यकारी निर्देशकसम्मका अवकास पाउने कार्मचारीको नाम सार्वजनिक गरेको छ ।

सेवाबाट अनिवार्य अवकास पाउनेमा अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीमा कार्यरत १२ तहका उपकार्यकारी निर्देशक विज्ञान प्रसाद श्रेष्ठ रहेका छन् । श्रेष्ठ शैक्षिक योग्यताका आधारमा कात्तिक ७ गते सेवाबाट अनिवार्य अवकास पाउँदै छन् ।

१० तहका ४ कर्मचारीले अनिवार्य अवकास पाउँदै छन् । रसुवागढी हाइड्रोपावर कम्पनीमा कार्यरत १० तहका विश्व मल्लले शैक्षिक योग्यताका आधारमा कात्तिक ६ गते अनिवार्य अवकास पाउँदै छन् ।

यस्तै, कुष्ण बहादुर खड्का, मुकुन्द अधिकारी, ईश्वर सिंह बोहोराले शैक्षिक प्रमाणपत्रको आधारमा क्रमशः मंसिर १५, १६ र २ गते सेवाबाट अवकास पाउँदै छन् । खड्का अवकास कोष व्यवस्थापन महाशाखा, अधिकारी अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी र सिंह आयोजना विकास विभागमा कार्यरत छन् ।

९ तहका निर्मल कुमार झा,  ८ तहका श्यामराज पौडल र ७ तहका प्रितम बस्नेतले अनिवार्य अवकास पाउँदै छन् । ६ तहका ६, ५ तहका १२, ४ तहका ८, ३ तहका ४, २ तहका ९ कर्मचारले पनि कात्तिक र मंसिर महिनामा सेवाबाट अनिवार्य अवकास पाउँदै छन् ।प्राधिकरणले विभिन्न कार्यालयमा कार्यरत अवकास हुने कर्मचारीको नामवली ६ महिना अघिनै सार्वजनिक गरेको हो ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३