विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाण्डाैं । अर्थ मन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी) सँग नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्नका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल गरेका छन् । एडिबीका उपाध्यक्ष अशोक लाभाशासँग बिहीबार कुराकानी गर्दै गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

प्रदेशगत सन्तुलन मिलाएर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने सन्दर्भ जाेड्दै उनले भने, 'निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ।'

नेपाल सन् २०२६ सम्म अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने पनि मन्त्री शर्माले बताए । नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पित ऊर्जा उद्योगमा सहयोग गर्न समेत शर्माले अनुरोध गरे ।

नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा , स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगायतमा लगानी आवश्यक भएकोले एडिबीको सहयोग अझै आवश्यक रहेकाे पनि जाेड दिए ।

भेटका क्रममा एडिबीका उपध्यक्ष लाभाशाले बैंकले  नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैं हातेमालो गर्ने बताए ।  शर्माकाे आग्रह मनन् गर्दै उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा यस विषयमा अझ बढी छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३