विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल–भारत १०औं लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैंठक गत बिहीबार सम्पन्न भएको छ । काठमाडौंमा साउन २५ गते सम्पन्न भएको बैंठकमा भारतको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका जलविद्युत, प्रसारण लाइन लगायतका विभिन्न पूर्वाधार परियोनाहरूको प्रगतिको समिक्षा भएको थियो ।

बैठकमा नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, नेपालस्थित भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोली र भारतका तर्फबाट भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव ए.अजय कुमारले सहभागिता जनाएका थिए ।

भारतले एलओसी अन्तर्गत नेपाललाई विभिन्न परियोजना निर्माण गर्न १.६५ अर्ब अमेरिकी डलर उपलब्ध गराइसकेको छ । एलओसीमार्फत प्राप्त भएको रकम ६ जलविद्युत तथा प्रसारण लाइन, ४० भन्दा बढी सडक परियोजना र विभिन्न आवास तथा पुर्ननिर्माण परियोजनामा खर्च भएको छ ।

२२० केभीको कोसी कोरिडोर, १३२ केभीको मोदी–लेखनाथ र सोलु कोरिडोर, ४०० केभीको ढल्केबर मुजफ्फर प्रसारण लाइनमा लगानी भएको छ ।

भारतीय टोलीले यही साउन २४ र २६ गते भारत सरकारको ऋण सहयोग अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाको स्थलगत भ्रमण गरेको थिए । भारतले एलओसीमार्फत हालसम्म ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलरभन्दा बढीको रकम उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit