विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ गरेको मन्त्रीपरिषद् विस्तारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेकपा नेता टोपबहादुर रायमाझीलाई दिइएको छ । उनी ओली नेतृत्वको सरकारमा दोस्रो पटक एउटै मन्त्रालयको जिम्मेवारी पाउने नेता भएका छन् ।

२०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा रायमाझीलाई उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । उनी त्यतिबेला करिब ९ महिना मन्त्रालय चलाएका थिए । २०७२ कात्तिक २ गते मन्त्रालय प्रवेश गरेका रायमाझी २०७३ असार २९ गते बाहिरिएका थिए ।

पछिल्लो समय सत्ताधारी दल नेकपाभित्र देखिएको विभाजन र प्रधानमन्त्री ओलीले एकाएक प्रतिनिधिसभा विघटन गरेपछि ७ मन्त्रीले एकैपटक राजीनामा दिएका थिए । नेकपा प्रचण्ड–माधव नेपाल र ओली गुटमा प्रस्टसँग बाँडिएपछि निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसहित ७ जना मन्त्रीहरूले राजीनामा दिएका थिए ।

तत्कालीन एमाओवादी र एमाले एकीकरण भएपछि बनेको कम्युनिष्टको एकल सरकारमा ओलीले पुनलाई २०७४ चैत २ गते ऊर्जा मन्त्री बनाएका थिए । उनले गत पुस ५ गते पदबाट राजीनामा दिएका थिए । ओली सरकारमा उनी करिब २ वर्ष ९ महिना ३ दिन मन्त्री बने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३