विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण अघि बढाएको ४३९ मेगावाटको बेतन कर्णाली आंशिक जलाशय आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भएको छ ।

कम्पनीले प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ । मन्त्रालयले उक्त प्रतिवेदनमा स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ । मन्त्रालयले स्वीकृति दिनका लागि सरोकारवाला निकायहरूसँग राय सुझाव मागेको छ । इच्छुकले आगामी एक साताभित्र पठाइसक्नुपर्नेछ ।

आयोजनास्थल

प्रस्तावित आयोजना सुर्खेत र अछाममा निर्माण हुनेछ । आयोजनाले सुर्खेतको चौकुने गाउँपालिका ४,५ र ६, पञ्चपुरी नगरपालिका–७ र अछामको ढकारी गाउँपालिका ६ र ७, तुर्माखाँद गाउँपालिका ३, ४ र ५ मा प्रभाव पार्नेछ ।

आयोजनाका संरचनाहरू निर्माण र जलाशयका लागि ९३.११ हेक्टर निजी जग्गा र ५९८.८८ हेक्टर वन क्षेत्र गरी कुल ६९१.९९ हेक्टर जग्गा आवश्यक पर्नेछ । प्रस्तावित आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको जलाशयको भण्डार १६१.६९ घनमिटर हुनेछ । जलाशय २१.९३ किलोमिटर लम्बाइको हुनेछ । आयोजनाको निर्माण अवधिभर विभिन्न किसिमका दक्षता भएका १३ हजार २ सय २० जनाले रोजगारी पाउने इआइए प्रतिवेदनमा उल्लेख छ ।

लागत

आयोजना सम्पन्न गर्न करिब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । कूल लागतको ७० प्रतिशत (करिब ४८ अर्ब रुपैयाँ) ऋण लगानी हुनेछ र ३० प्रतिशत (२८ अर्ब रुपैयाँ) स्वपुँजी लगानी रहनेछ । सञ्चय कोषको अगुवाइमा आयोजना निर्माण गर्न लागिएको हो । कूल स्वपुँजी लगानी सञ्चय कोषका सञ्चयकर्ताका लागि ४० प्रतिशत, कोषका लागि १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणका लागि १० प्रतिशत, विद्युत उत्पादन कम्पनीका लागि १० प्रतिशत सेयर स्वामित्व दिने तय भएको छ ।

ऊर्जा उत्पादन

आयोजनाबाट वार्षिक २२९९.०५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सुख्खासमयमा ६८९.३८ गिगावाट घन्टा र वर्षायाममा १६०९.६७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit