विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको न्यादी खोलामा निर्माण भएको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको आज (बैशाख ४ गते) बाट विद्युतको परीक्षण उत्पादन सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेको हुँदा केही दिनभित्रै व्यापारिक उत्पादन हुनेछ ।

चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन करिब २ महिना ढिलो हुन गएको छ । अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको चरणमा पुगेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

‘प्राधिकरणको परीक्षण आजबाट सुरु भएको छ, अरू कुनै समस्या नदेखिए ३–४ दिनमा काम सकिन्छ र हामी व्यापारिक उत्पादनको चरणमा प्रवेश गर्छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘उत्पादनको चरणसम्म पुग्न प्राधिकरण तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भरपूर सहयोग रह्यो ।’

अमात्यका अनुसार अहिले हिउँ पग्लेर खोलामा पानीको बहाब बढिरहेको हुँदा १७–१८ मेगावाटसम्म विद्युत उत्पादन गर्न पुग्ने पानी छ । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिने छ । ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

सन् २००० मा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो । सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थिाो ।

विद्युत उत्पादन गर्न न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब ४ किलोमिटर सुरुङ र साढे ७ सय मिटरको पेटस्टक पाइपबाट ठूलीबेँसीस्थित विद्युतगृहमा खसालिएको छ । आयोजनाको सिभिलतर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको छ । कम्पनीसँग २०७३ साल माघ ३ गते ठेक्का सम्झौता गरिएको थियो ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन् । नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३