विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विश्वभर नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासको बहससँगै हरित हाइड्रोजनको विषय पनि गाँसिएर आएको सन्दर्भमा नेदरल्याण्डमा ३ दिने ‘अन्तर्राष्ट्रिय हाइड्रोजन’ सम्मेलन हुन लागेको छ ।

आज सोमबारदेखि बुधबारसम्म (मे १३ देखि १५ सम्म) नेदरल्याण्डको रोटरडममा हुने यो सम्भवत अहिलेसम्मकै भव्य हाइड्रोजन सम्मेलन हो । विज्ञहरूले यसलाई हाइड्रोजन उद्योगका क्षेत्रमा हुन लागेको अति नै महत्त्वपूर्ण सम्मेलन भनेका छन् । त्यहाँ, विश्वका विभिन्न राष्ट्र तथा सरकार प्रमुख एवम् सरकारवालाहरूबीच हाइड्रोजन विकासका सन्दर्भमा छलफल, ज्ञान आदानप्रदान र भावी मार्गचित्रका विषयमा गहन वार्ता हुने अपेक्षा गरिएको छ ।

सम्मेलनसँगै त्यहाँ विश्वको भव्य हरित हाइड्रोजन प्रदर्शनी पनि हुनेछ । आयोजकका अनुसार सम्मेलन अवधिभर हाहइड्रोजन क्षेत्रमा हासिल भएका उपलब्धिहरूका विषयमा छलफल, परियोजनाहरूको प्रस्तुति, पोर्ट रेटरडम हाइड्रोजन परियोजनाको स्थलगत अवलोकन लगायत आकर्षक पक्ष समावेश गरिएका छन् । यसले, हाइड्रोजन विकासको बहसलाई फराकिलो बनाउँदै अनुभव आदानप्रदान, योजना कार्यान्वयन, अनुदानमा सहकार्य र ऊर्जा रूपान्तरमा विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपालमा पछिल्लो समय हाइड्रोजन विकास र यसको अपरिहार्यतामा पैरवी गर्दै आएका अभियन्ता नेत्र कार्की समेत उक्त सम्मेलनमा सहभागी हुन आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । उनले सम्मेलनमा नेपालले हाइड्रोजन विकासका क्षेत्रमा गरिरहेको काम, उपलब्धि र योजनाका विषयमा जानकारी गराउने बताए ।

‘विश्वमा अबको ऊर्जा विकासको मोडालिटी परिवर्तन हुँदै आएको छ, हामीले पनि त्यो मार्ग अवलम्बन नगरी हुँदैन,’ उनले ऊर्जा खबरसँग भने, ‘मैले मेरो क्षमताले भ्याएसम्म नेपालमा भइरहेका काम, उपलब्धि र नीतिगत तहमा भएका सुधारहरू सरोकारवाला पक्षहरूलाई जानकारी गराउने छु ।’ काठमाडौँ विश्वविद्यालयले यस क्षेत्रमा गर्दै आएको पैरवी र उसको सक्रियतालाई पनि विश्वमाझ पुर्‍याउन जरुरी रहेको उनको भनाइ छ ।

नेदरल्याण्ड सम्मेलनमा १५ हजारभन्दा बढी युरोप, एसिया, अमेरिका, अफ्रिका लगायत महादेशका औद्योगिक क्षेत्रका प्रतिनिधि, २ हजार बढी विशिष्ट सहभागी, करिब ५ सय वटा प्रदर्शनी र ३ सय ५० जना वक्ता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३