विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि एक महिलासहित ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आवेदन दिने अन्तिम दिन शुक्रबार (चैत २९ गते) कार्यालयसम्म उक्त आवेदन परेको हो ।

कम्पनीका वर्तमान सिइओ अर्जुनकुमार गौतमको कार्यकाल सकिँदै गर्दा नयाँ प्रमुखका लागि कम्पनीले गत चैत १५ गते दरखास्त आह्वान गरेको थियो । आवेदन दिनेहरूमा अरुण रजौरिया, प्रजेशविक्रम थापा, वासुदेव भण्डारी, विजयकुमार श्रेष्ठ, उषा खतिवडा र लक्ष्मण पौडेल रहेका छन् ।

रजौरिया हाल एचआइडिसिएलमै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । नर्वेबाट जलविद्युत्‌मा एमएस्सी (स्नातकोत्तर स्वर्णपदक) गरेका उनले यस क्षेत्रमा करिब २७ वर्षदेखि सक्रियरूपमा काम गर्दै आएका छन् । १० वर्षदेखि कम्पनीको दोस्रो वरियतामा कार्यरत उनी नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्षसमेत हुन् ।

पेशागत हिसाबले रजौरियासँग झण्डै डेढ दशक निजी क्षेत्रका जलविद्युत् आयोजनामा काम गरेको अनुभवसमेत छ । निजी क्षेत्र तथा सरकारी संस्थाको कार्यानुभवसँगै पछिल्लो समय व्यवस्थापकीय जिम्मेवारीमा समय उनले आफूलाई निपुण गराउँदै ल्याएका छन् ।

यसैगरी, मेकानिकल इन्जिनियर तथा एमबिए (स्नातकोत्तर) सम्मको अध्ययन गरेका थापाले जलविद्युत् विकास अन्तर्गत अध्ययन, डिजाइन, निर्माण लगायत क्षेत्रमा २५ वर्ष लामो अनुभव हासिल गरेका छन् । उनी नेपाल विद्युत् प्राधिकरणको सहायक सान्जेन जलविद्युत् कम्पनीमा लामो समय काम गरी चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) मा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका हुन् ।

नेपालको औद्योगिक विकासका प्रणेता एवम् नेपाल आयल निगम र गोरखकाली रबर उद्योगका संस्थापक सुवर्णविक्रम थापाका सुपुत्र प्रजेश जलविद्युत् विकासका क्षेत्रमा कुशल, इमानदार र क्षमतावान व्यक्तिका रूपमा परिचित छन् । उनी विगत ७ वर्षदेखि चिलिमे इन्जिनियरिङ कम्पनीको प्रमुखको जिम्मेवारीमा छन् । उनले अमेरिकाको हार्वर्ड ल स्कुलबाट लिडरसिप (नेतृत्वकला) को तालिमसमेत लिएका छन् ।

२० वर्षको अनुभव हासिल गरेका श्रेष्ठ कर्मचारी सञ्चय कोषको मुख्य प्रबन्धकको जिम्मेवारीमा छन् । उता, नेपाल बैंक लिमिटेडमा काम गरिसकेका पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । करिब ६ वर्षदेखि एचआइडिसिएलमै मुख्य प्रबन्धको जिम्मेवारीमा रहेका भण्डारीसँग १५ वर्षे पेशागत अनुभव रहेको छ । उनले सिभिल इन्जिनियरिङमा स्नातक (ब्याचलर) र एमएस्सी (स्नातकोत्तर) सम्मको अध्ययन पूरा गरेका छन् । 

यस्तै, विभिन्न गैरसरकारी संस्था तथा अमेरिकी सहयोगी संस्था युएसएएआइडीमा लामो समय कार्यरत खतिवडासँग करिब १५ वर्षको पेशागत अनुभव छ । उनी विगतमा गैरआवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत थिइन् । ६ जना आवेदकमध्ये उनी एक्ली महिला हुन् ।

एचआइडिसिएलको सिइका लागि जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानुनमा वाणिज्य, कम्पनी कानूनमध्ये कुनै पनि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको र बैंक, वित्तीय, कोष व्यवस्थान, इन्जिनियरिङमध्ये कुनै पनि क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय, वरिष्ठ प्रबन्धक, नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, प्रथम श्रेणीमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाबाट सदस्यता प्राप्त गरेको र अधिकृत स्तको पदमा चार्टर्ड एन्काउन्टेन्टको काम गरेको १० वर्षको अनुभव भएको आवेदकले समय उक्त पदमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३