विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । भाेटेकाेसी बाढीपहि लेदाेले पुरिएको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङकाे मुख पत्ता लागेको छ । सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको उद्धार कार्यमा जुटेको प्राविधिकसहितको टाेलीले सुरुङको भित्री भागमा रहेको ठाडो प्वाल (भर्टिकल होल) भन्दा करिब ४० मिटर माथिल्लो क्षेत्रमा उत्खनन गर्दै जाँदा करिब ८ मिटर तल सुरुङको मुख पहिचान गरेको हो ।

सुरुङको मुख पुरिएको स्थान पहिचान भएसँगै त्यहाँ पुग्न तथा अवरुद्ध संरचना हटाउन आवश्यक पहल सुरु गरिएको छ । उद्धार कार्यलाई तीव्रता दिँदै अब सुरुङको मुखसम्म पुगेर सुरक्षित रूपमा अवरोध हटाउने काम अघि बढाइने जनाइएको छ ।

यसअघि सुरुङको मुख पुरिएर पत्ता लगाउन नसकिएपछि विद्युत्‌गृहभित्र फसेका कर्मचारी तथा कामदारहरूको उद्धार जटिल बनेको थियो । नेपाल विद्युत् प्राधिकरणको तदारुकता तथा सरकारी निकायहरूको समन्वयमा नेपाली सेना र दक्ष प्राविधिक जनशक्तिसहित आवश्यक उत्खनन उपकरण परिचालन गरी उद्धार कार्य निरन्तर अघि बढाइएको छ ।

भौगोलिक जटिलता र आयोजनास्थलको कठिन अवस्थाका बाबजुद स्थानीय प्रशासन तथा उद्धार टोलीले शुक्रबारदेखि हेलिकप्टरमार्फत डोजर तथा अन्य आवश्यक उपकरण प्रभावित क्षेत्रमा पुर्‍याएर उत्खनन थालेका थिए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३