विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा निर्माण सम्पन्न माथिल्लो र उपल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले २०७७ फागुनमा सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती लाइन समयमा सम्पन्न नगर्दा खेर गइरहेको २ आयोजनाको विद्युत वैकल्पिक रुपमा जिरी सबस्टेसनमा जोडिन लागेको कम्पनीका अध्यक्ष हरि पाण्डेले बताए । उनका अनुसार एकवर्षदेखि खेर गइरहेको विद्युत बैशाखभित्र जोडिनेछ ।

‘करिब ६० करोड रुपैयाँ विद्युत खेर गएपछि १२ मेगावाटको माथिल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्तीको विद्युत जोडिन लागेको छ‘, उनले भने, ‘आयोजनाबाट मासिक ४ करोड ५८ लाख बढीको विद्युत खेर गइरहेको छ ।’ 

आयोजनाको विद्युत ३३ केभी लाइनमार्फत प्राधिकरणको जिरी सबस्टेसनमा जोड्ने तयारी भइरहेको छ । आगामी २ साताभित्र आयोजनाको विद्युत प्रणालीमा जोडिनेछ ।

जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसका लागि सिंगटी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ ।

आयोजनाको विद्युत उत्पादन समयमा सुरु हुन नसक्दा बैंकको ब्याजको वित्तिय भार थपिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ लागतमा दुवै आयोजना निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको थियो । प्राधिकरणले गर्दा उत्पादीत विद्युत प्रणालीमा जोडिन नपाउँदा बैंकको ब्याज र खर्च ४८ करोड रुपैयाँ बढेको पाण्डेले बताए ।

आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको निर्माण लम्ब्याई २०७७ सम्म पुर्याउँदा पनि लाइन तयार नहुँदा विद्युत खेर गइरहेको कम्पनीले जनाएको छ ।

गर्जाङ सबस्टेसनमा रहेको १३२/३३ केभी, ३० एमभिएको पावर ट्रान्सफर्मरलाई १० दिनभित्रमा चार्ज गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
वैकल्पिक व्यवस्था अनुसार आयोजनाबाट अहिले करिब १० मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार बर्खा लागेपछि मात्रै आयोजनाहरु पूर्ण क्षमतामा चल्ने भएकोले त्यतिबेलासम्म गर्जाङ–नयाँ खिम्ती प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit