विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिल्क पावर प्रालिले प्रवर्द्धन गर्न लागेको ९.५ मेगावाटको लुजा खोला क्यास्केड जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति तथा जडान कार्यको ठेक्का जेपर्ट हाइड्रो इन्डियाले पाएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमाना भई बग्ने लुजा खोलामा निर्माणाधीन २४.८८ मेगावाटको लुजा खोला जलविद्युत् आयोजनाले छोडेको पानीलाई ट्यापिङ गरी लुजा क्यास्केड निर्माण गर्न लागिएको हो । 

उक्त आयोजनामा आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, आपूर्ति तथा जडान गर्ने गरी जेपर्टसँग ठेक्का सम्झौता गरिएको प्रवर्द्धक कम्पनीका अध्यक्ष कुमार खरेलले ऊर्जा खबरसँग बताए । 

‘यसअघि हामीले इलाममा निर्माण सुरु गरेको ८.५ मेगावाटको देउमाइ खोला आयोजनामा जेपर्टले गरेको उत्कृष्ट कामबाट प्रभावित भएर लुजा क्यास्केडको इलेक्ट्रोमेकानिकल कामको जिम्मा पनि उसैलाई दिएका हौँ,’ उनले भने, ‘सम्झौताअनुसार जेपर्टले १ वर्षभित्र सामानको जडानसम्मको काम सकिसक्नु पर्ने छ र समयभित्रै उसले गुणस्तरीय काम गर्नेमा हामी विश्वस्त छौँ ।’ उनका अनुसार जेपर्ट हाइड्रोसँग करिब १ साताअघि नै भारतको नोयडामा उक्त ठेक्का सम्झौता सम्पन्न गरिएको हो ।

जेपर्टले हालसम्म नेपालमा १०० मेगावाटको निर्माणाधीन सुपर त्रिशुलीसहितका विभिन्न १८ वटा आयोजनामा विभिन्न कामको ठेक्का लिइसकेको नेपालका लागि जेपर्टका देशीय निर्देशक राजकिशाेर यादवले बताए । यसमध्ये ९ ओटा आयोजनाको काम पूरा गरी सञ्चालनमा समेत आइसकेका छन् । भारतमा विभिन्न ५ वटा आयोजनामा विभिन्न कामको ठेक्का लिएको २ वटा आयोजनाबाट बत्ती बलिसकेको र अन्य ३ मा काम चालु रहेको छ । विश्वका ४० भन्दा बढी देशमा काम गरिरहेकाे जेपर्टले जलविद्युत् उपकरण उत्पादन, आपूर्ति र जडानमा १२८ वर्षभन्दा बढीकाे अनुभव र इतिहास रहेकोले याे आयोजनामा पनि समयमै गुणस्तरीय काम हुने उनले बताए ।

लुजा खाेला क्यास्केड आयोजनाको आयोजनाको निर्माण कार्य अबको २ महिनाभित्रमा सुरु गर्ने र समयमै काम सकिने अध्यक्ष खरेलले बताए । उनका अनुसार कुल ९०० मिटर हेड रहेको र पानीको स्रोत हिमनदीमा अधारित भएकोले यो आयोजनाबाट हिउँदमा समेत राम्रो उत्पादन दिने उनकाे विश्वास छ । क्यास्केड आयोजनाले वार्षिक ६२ गिगावाट आवर ऊर्जा उत्पादन हुने उनले बताए । आयोजनाको विद्युत् ३३ केभी लाइन निर्माण गरी २४ मेगावाटको लुजा खोला आयोजनाको सबस्टेसनमा लुप इन लुप आउट बनाएर जोडिने छ । 

आयोजनामा प्रतिमेगावाट १४ करोड रुपैयाँका दरले कुल १ अर्ब ३३ करोड रुपैयाँको लागत अनुमान गरिएको उनले बताए । 

२४.८८ मेगावाटको लुजा खोलाबाट जेठभित्र बत्ती बाल्ने लक्ष्य 

लुजा क्यास्केडको माथिल्लो तटमा सिल्क पावरले नै निर्माण गरिरहेको २४.८८ मेगावाटको लुजा खोला जलविद्युत् आयोजनाबाट आउँदो जेठभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ । आयोजना अन्तर्गत हाल मुख्य सुरुङ, पेनस्टक पाइप, विद्युत्‌गृह निर्माणका काम द्रूत गतिमा भइरहेको अध्यक्ष खरेलले जानकारी दिए ।  ‘वैशाखभित्र सबै काम सकेर जेठभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने गरी त्यही गतिका साथ अहिले काम चलिरहेको छ ।’

आयोजनाको मुख्य भौतिक संरचनाहरू खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा निर्माण भइरहेको छ । आयोजनाको बाँध समुन्द्र सतहबाट ३२०३ मिटर उचाइमा रहेको छ । आयोजनाको  बाँधबाट २.४ किलोमिटर लामो हेडरेस सुरुङ र १.६४ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई भूसतहमै निर्माण भइरहेको विद्युतगृहमा पुर्‍याइने छ । 

विद्युतगृहमा ८.७ मेगावाटका ३ वटा विद्युत् उत्पादन युनिटहरू जडान गरिने छ । यस आयोजनाबाट वार्षिक १६७.३१० गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत ३५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तिङ्ला सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३