विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको ऊर्जा क्षेत्रमा एक ऐतिहासिक कदम चाल्दै पहिलो पटक निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । 'ट्यारिफ वेस्ड कम्पिटिटिभ बिडिङ' संरचना अन्तर्गत उक्त काम सुरु गरेको हो ।

प्राधिकरणले चार वटा मुख्य प्रसारण लाइन आयोजनाको विकासका लागि इच्छुक स्वदेशी तथा विदेशी कम्पनीबाट आशयपत्र (इओआई) आह्वान गरेको छ । यी आयोजनाहरू 'बिल्ड-ओन-अपरेट-ट्रान्सफर' (निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण-बूट) मोडेलमा निर्माण गरिने जनाइएको छ ।

प्रसारण प्रणालीको सुदृढीकरण नै नेपालको ऊर्जा भविष्यका लागि सुरक्षित लगानी रहेको हुँदा यो पहल सुरु गरिएको प्राधिकरण प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालले बताए । 'हामीले पहिलो पटक प्रसारण पूर्वाधारमा प्रतिस्पर्धात्मक निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै एक महत्त्वपूर्ण कोशेढुंगाको रूपमा काम गर्न लागेका छौँ,' उनले भने, 'बढ्दो जलविद्युत् उत्पादनलाई राष्ट्रिय प्रणालीमा जोड्न र भविष्यमा अन्तरदेशीय विद्युत् व्यापारलाई थप सहज बनाउन यी लाइनहरू अपरिहार्य छन्।'

सरकारी लगानीको भार कम गर्दै निजी क्षेत्रको दक्षतालाई पूर्वाधार विकासमा उपयोग गर्ने लक्ष्यका साथ यो काम सुरु गरिएको ढकालको भनाइ छ ।

प्राधिकरणका अनुसार यसरी निर्माण हुने लाइनहरूमा ४०० केभीका सितलपाटी (अरुण हब)-इनरुवा (९५ कि.मी.) र तिङ्ला-नयाँ खिम्ती-सुनकोसी हब ढल्केबर (१३४ कि.मी.) तथा १३२ केभीका डाँडाखेत-बुर्तिबाङ (३३ कि.मी.) र रिडी-तम्घास (२८ कि.मी.) रहेका छन् ।

इच्छुक विकासकर्ताले आगामी २०८३ साल वैशाख १४ गते (अप्रिल २७, २०२६) दिउँसो १२ बजेसम्म आवेदन दिन सक्ने जनाइएको छ । छनोट हुने कम्पनीहरूले विद्युत प्रसारण सेवा प्रदायक (टिएसपी) का रूपमा कार्य गर्ने छन्, जसले नेपालको जलविद्युत् विकास र विद्युत निर्यातको ढोका थप फराकिलो बनाउने प्राधिकरणको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३