विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण १०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा विद्युत् सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनामार्फत सबस्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण ग्रिडमा जोड्ने उद्देश्यले डाँडाखेतमा सबस्टेसन निर्माण गरिएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको १३३/३३ केभी, ३० एमभिए क्षमतायुक्त डाँडाखेत सबस्टेसनमा एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको छ ।

डाँडाखेतदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ ।

‘समग्रमा ६० प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भू–बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।’ एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माण आयोजना सञ्चालन भएको हो ।  

राहुघाटको सबस्टेसन निर्माणले गति लियो 

भूमिगत पानी र पहिरो प्रभावित राहुघाट सबस्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डीएल स्ट्रक्चरले काम थालेको थियो ।

२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधियुक्त यस सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेसन सकेर संरचना बनाउन थालिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए ।

सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ । भूमिगत पानी व्यवस्थापन गर्ने संरचना बनाएर सबस्टेसनको काम थालिएको हो । हाल दैनिक एकसय जना मजदुरले काम गरिरहेका छन् । अम्बाङमा सबस्टेसन बनाउन ५ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

१३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ५१ वटा निर्माण सकिएको र १० वटा निर्माणाधीन रहेका एनएलटीका व्यवस्थापक शर्माले बताए । उनका केही दिनमा प्रसारण लाइनमा तार तान्नका लागि भारतबाट प्राविधिक र मजदुरहरू आउँदैछन् ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण स्थल हुन् । दुवै ठाउँमा यसअघिनै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ ।

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत आपुर्ति गराउने तयारी गरेका छन् ।

तुदीले पिप्लेमा १३२ केभी प्रसारण लाइन मुनि र क्रसिङ हुने गरेर बनाएको टावर हटाउन डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाले ताकेता गरेको छ । डाँडाखेत राहुघाट प्रसारण लाइनको ए ३ नम्बरको टावरलाई असर पर्ने गरेर तुदीले अस्थायी टावर बनाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३