विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ग्रीन हाइड्रोजनबाट मल कारखाना स्थापनाको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सह–सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा मंगलबार (असार २१ गते) समिति गठन गरेको हो ।

समितिमा काठमाडौं विश्वविद्यालयका ग्रिन हाइड्रोजनका टिम लिडर डा. विराज थापा, विज्ञ डा. विष्णुप्रसाद गौतम, जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इन्जिनियर किरण गौतम तथा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर बाबुराज अधिकारी सदस्य छन् ।

१५ दिनमा प्रतिवेदन तयार पार्ने गरी मन्त्रिस्तरीय निर्णयबाट कार्यादल गठन भएको छ । ग्रिन हाइड्रोजनको उत्पादन तथा रासायनिक मल उत्पादनमा यसको उपयोग गर्ने सम्बन्धमा अन्र्तराष्ट्रिय अभ्यास, विकास भईरहेका प्रविधिहरूको अध्ययन गरी रासायनिक मल उत्पादनको लागि गर्नुपर्ने नीतिगत व्यवस्थासहितको अध्ययन प्रतिवेदन बुझाउन समितिले १५ दिनभित्र तयार गर्नुपर्नेछ ।

मल आयात गर्न समस्या भइरहेको बेला नेपालमै हाइड्रोजनबाट मल कारखाना स्थापना गरी आत्मनिर्भर हुनका लागि पनि यो कदम अघि बढाइएको हो । विश्वका धेरै देशहरू हाइड्रोजनमा जान थालिसकेकोले नेपालमा पनि ऊर्जामा परपर्दो ग्रीन इनर्जी हाइड्रोजनबाट मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन अघि बढाइएको हो ।

कार्यदलले प्रतिवेदन तयार पार्दा हाइड्रोजनको सम्भाव्यता, नीतिगत सुभावलगायतका विषयहरू हेर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३