विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ । करिब १७ करोड लगानीमा २ हजार आधुनिक बत्ती सडकमा जडान गरिने भएको हो ।

आधुनिक बत्ती जडानसम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा बिहीबार मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, विद्युत् प्राधिकरणका तर्फबाट निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा २ हजार आधुनिक बत्ती जडानको तयारी भएको छ । सहमतिपत्रमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरूमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणले संयुक्त लगानी गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र विद्युत् प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।

यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य विद्युत प्राधिकरणले गर्ने छ । यस आयोजनाको निर्माण कार्यपश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । सडक विस्तार हुनसक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति भने सडक विभागले दिने सहमतिपत्रमा उल्लेख छ ।

सडक वत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक वत्तीहरूको सम्भाव्य विस्ता स्थलहरूको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक वत्तीहरूको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरूको जगेर्ना गर्दै पुनप्रयोगको व्यवस्था गरिने लगायत पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सहमतिपत्र हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्बाङले संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे ।

“यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरूलाई चुस्त दुरुस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,” उनले भने, “सहरी सौंदर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरूमा आधुनिक सडक बत्ती जडान गर्न उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शीघ्र सुरु गर्ने र आवश्यकता अनुसार निरन्तर विस्तार गदैं जाने छौ ।” काठमाडौं उपत्यकाका सडकलाई रातिको समयमा उज्यालो बनाउनको लागि आधुनिक बत्ती जडान गर्न लागिएको सडक विभागका महानिर्देशक शर्माले बताए ।

काराेबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit