विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
  • Images
  • २०७७ मङ्सिर २३

संखुवासभा । मकालु गाउँपालिकामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटका मजदुरले सोमबारबाट काम ठप्प पारेका छन् । ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरुले सोमबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण ड्यामसाइट मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा काम पूर्णरुपमा प्रभावित भएको छ । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायत ड्याम साइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्ट्रक्शनले गरिरहेको छ ।

लामो समयदेखि मजदुरहरुको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरुलाई काम नदिएको उनीहरुको आरोप छ । निर्माण कम्पनीले दैनिक ज्यालाका बारेमा चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै कामदारले काम रोकेका हुन् ।

यसअघि पनि मजदुरहरुले ज्याला बढाउन माग गर्दै काम रोकेपछि तत्कालै बढाउने सहमति भएको थियो । तर नौ महिना बितिसक्दा समेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको आन्दोलन थालेको मजदुरहरुको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले ड्यामसाइटमा कार्यरत मजदुरहरुले ज्याला बढाउनुपर्ने माग गरी आन्दोलन गरेको जानकारी पाएको बताए । बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।

गत कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थलगत अनुगमन गर्दै अरुण तेस्रोको कामबाट सन्तुष्ट रहेको बताएका थिए । मकालु ५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका २ को पुखुवामा पावर हाउस रहनेछ । पावर हाउस भारतीय पटेल इञ्जिनिरिङ कम्पनीले काम गरिरहेको छ ।

कान्तिपुर दैनिक

दीपेन्द्र शाक्य

प्रतिक्रिया दिनुहोस

ऊर्जा सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit