विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीकाे लाेड व्यवस्थापन गर्न विद्युत लाइन काटिएकाे छ । प्राधिकरण लगनखेल वितरण केन्द्रका २ फिडरकाे लाइन काटेकाे हाे ।

६६ केभी बानेश्वर सबस्टेसनकाे लाेड पाटन सबस्टेसनमा सार्नका लागि विद्युत सेवा अवरुद्ध गर्नु परेकाे वितरण केन्द्रले जनाएकाे छ । वितरण केन्द्रका अनुसार दिउँसाे १२ बजेदेखि ३ बजेसम्म हरिसिद्धी र रेडियाे नेपालकाे सेवा अवरुद्ध हुने भएकाे छ ।  

हरिसिद्धी फिडरकाे सेवा दिउँसाे २ बजेसम्म अवरुद्ध हुँदा रेडियाे नेपाल फिडर ३ बजेसम्म बन्द हुने भएकाे छ । लाेड सार्ने काम सकिएपछि आपूर्ति नियमित हुने वितरण केन्द्रले जनाएकाे छ ।

यसअघि, बिहान चापागाँउ फिडरको सेवा पनि १ घण्टाका लागि बन्द गरिएकाे थियाे । याे फिडरकाे सेवा अहिले सुचारु भइसकेकाे छ । केही दिन यता विद्युतकाे माग बढ्दै गएकाले व्यवस्थापनमा समस्या भइरहेकाे छ । कमजाेर वितरण प्रणालीका कारणा बढ्दाे माग व्यवस्थापनमा समस्या देखिएकाे छ ।

विशेष गरी साँझकाे समयमा जथाभावी लाइन काटिने समस्याले उपभाेक्ता हैरान छन् । काठमाडाैं उपत्यकाकाे माग ३ सय ८० मेगावाट नजिक पुगेकाले प्राधिकरणले लाेड व्यवस्थापन गरेर आपूर्ति नियमित गर्ने प्रयास गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit