विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सीता हाइड्रो पावर कम्पनीले गत फागुन १५ गतेको घटनालाई लिएर घटनासँग सम्बन्ध नै नभएको व्यक्तिहरू विरुद्ध हालेको मुद्दा फिर्ता नभएसम्म र पिडितको परिवारलाई क्षतिपूर्तिको व्यवस्था नगरेसम्म आयोजनाको काम गर्न नदिने स्थानीयबासीले बताएका छन । स्थानीयबासीले मंगलबार (चैत १४ गते) पत्रकार सम्मेलन गर्दै मुद्दा फिर्ता नभएसम्म आयोजनामा काम गर्न नदिने चेतावनी दिएका हुन् ।

पिडितहरूकाे पक्षमा नेकपा एमाले र माआवादी केन्द्रका स्थानीय नेता कार्यकताले समेत आवास उठाएका थिए । मुद्दामा प्रतिवादी बनाइएका अधिकांश व्यक्तिहरू मृतकको पीडित परिवार, आफन्त र घटनाको दिन घटनास्थलमै नरहेको, काठमाडौंमा रहेकाहरू समेत जनाइएको छ । गत फागुन १५ गते कम्पनीले बनाइरहेको आयोजनाका लागि लगिएको विद्युत लाइनमा करेन्ट लागि १४ वर्षिय किशोरी नोर्जी वाङ्मु लामाको मृत्यु भएको थियो । उक्त घटनापछि आक्रोशित स्थानीयले आयोजनास्थलमा तोडफोड गरेका थिए ।

कम्पनीका सञ्चालक समितिका सदस्य प्रल्हाद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न भएको भनी २२ जना स्थानीय बासिन्दाविरुद्ध हालेको मुद्दा फिर्ता नभए काम गर्नै नदिने गाउँपालिकाका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

‘गाउँका सोझासाझा स्थानीयवासीलाई शक्ति र पदको आडमा कम्पनीले फसाउन लागेको देखिएको छ’, उनले भने, ‘हामी आयोजना पक्षलाई समस्याको समाधान खोज्न र स्थानीयमाथि लगाएको झूटो मुद्दा फिर्ता लिन आग्रह गर्दर्छाैं ।’

यस्तै, संघर्ष समितिका संयोजक चिनलाल तामाङले पिडितका पिता मुद्दा फिर्ता गरी मृतकका परिवार र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र असुरक्षित विद्युत लाइन तुरुन्त हटाउन आग्रह गरे । ‘हाम्रो मागहरू पूरा नभएसम्म आयोजनाको कुनै पनि काम सञ्चालन गर्न दिदैंनौ’ उनले थपे ।

कम्पनीका अध्यक्ष सीताराम तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी दाहालको निर्देशनमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेको संयोजकत्वमा सात सदस्यीय छानबिन टोली गठन गरी घनटास्थलमा छानविन गर्न पठाएको स्थानीयले बताए । टोलीले घटनास्थल पुगी सबै आफ्नो खुसी विवरण संकलन गरी प्रतिवेदन बनाएर स्थानीयलाई नदिएको उनीहरूले बताए। आफुखुसी प्रतिवेदन तयार गरी उल्टै एकतर्फि आराेप लगाई कराेडाैकाे विगाेसहित संलग्न नै नभएका स्थानीयमाथि  मुद्दा हालेको स्थानीयको आरोप छ ।

आयोजनामा जिल्लाको जलवीरे शाखाबाट लाइन लगिएको छ । गत फागुन ६ गते अायाेजनाकै लापरबाहीले कामदार सरोज थारुको  मृत्यु भएको थियो । थारुको मृत्यु भएपछि स्थानीयले तत्कालै आयोजनालाई तार व्यवस्थापन गर्न आग्रह गरेको थियो । कम्पनीले वेवास्ता गरी फागुन १४ गते दुईजना कर्मचारीलाई खटाई उक्त लाइन जोडेको पिडितका आफन्त अभि तामाङले बताए । उनका अनुसार लाइनमा बिजुली छाडेको भोलिपल्ट उक्त घटना भएको हो ।

११ हजार भोल्टेजको लाइन प्रवाह भएको तार अड्याइएको पोलदेखि ३ मिटर पर बारीमा काम गरिरहेकी लामालाई करेन्ट लागेर मृत्यू भएकाे थियो । मृतक लामाकी दाजु राजमान लामा र आमा सोमरानी तामाङलाई भने करेन्टको झड्काले फालेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit