विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले अबको २ सातामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकको चाकु खोलामा निर्माण गरेको आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेको हो ।

आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेकाले पुस अन्तिम सातासम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । उनका अनुसार चाकु खोलामा डेढ वर्षअघि आएको बाढीले विद्युतगृहमा जडान भएका इलेक्ट्राेमेकानिकल उपकरण बगाउँदा लक्ष्यभन्दा ढिलो गरी आयोजनाले विद्युत उत्पादन सुरु गर्न लागेको हो ।

‘आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने तयारी हुँदै थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यही बेला चाकु खोलामा ठूलो बाढी आयो । आयोजनामा कार्यरत २ जना कामदारको ज्यानसमेत गयो । विद्युतगृहमा जडान भएका उपकरण बगाउँदा त्यसको पुनर्निर्माण गर्नुपरेकाले प्रणालीमा जोड्न समय लाग्यो ।’

उनले बाढीले बगाएका उपकरणहरूको स्थानमा फेरि नयाँ आयात गरेर जडान गर्नु परेकाले समय लागेकाे बताए । आयोजनाले उत्पादन गर्ने विद्युत लामोसँघु सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म आवश्यक २२ किलो मिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । 

२०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित हुँदै विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीले जनाएका छ ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपको मारमा परेका कारण लागत केही बढ्ने देखिएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit