विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट निजी क्षेत्रले प्रवर्द्धन गरेकाे ७०३.८५ मेगावाटका २० जलविद्युत् आयोजना तथा जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेको छ । केही आयोजनाका संरचना तथा मेसिनहरू बगाएको, केहीलाई डुबाएको तथा केहीको संरचनामै गम्भीर क्षति पुर्‍यायाएको छ । यी मध्ये १५ आयाेजनामा २ अर्ब ३१ कराेडकाे क्षति भएकाे तथा आयोजना स्थलहरूमा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले जनाएको छ । 

इपानले दिएको प्रारम्भिक विवरण अनुसार निम्न २० आयोजनामा क्षति पुगेको छ :

१. मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाटको बागमति साना जलविद्युत् आयोजना, मकवानपुर (पावर हाउस पूर्णरूपमा डुबेको)

२. माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)

३. पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनः निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त)

४. साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजना, सोलुखुम्बु (हेडवर्क्स) क्षति, उत्पादन बन्द)

५. सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)

६. सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति)

७. फेमे खोला जलविद्युत् आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युत् गृह पूर्णरूपमा क्षति)

८. सिउरीखोला जलविद्युत् आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति)

९. सुपरन्यादी जलविद्युत् आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)

१०. इलेप खोला तातोपानी जलविद्युत् आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति)

११. माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)

१२. हेवाखोला जलविद्युत् आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)

१३. सभाखोला बी जलविद्युत् आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थायी पुल बगाएको)

१४. सभाखोला सी जलविद्युत् आयोजना, ६‍.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति)

१५. लान्द्रुक मोदी जलविद्युत् आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति)

१६. सुपर त्रिशूली जलविद्युत् आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको)

१७. लाङटाङ खोला जलविद्युत् आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।

१८. खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति । 

१९. टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति । 

२०. माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३