काठमाडौं । ऊर्जा क्षेत्रमा लामो समयदेखि परामर्श तथा निर्माणमा संलग्न रहेको कस्मिक इलेक्ट्रिकल इनिजनियरिङ एसाेसियट्स प्रालिको स्वतन्त्र निर्देशकमा रमेश पि. नेपाललाई नियुक्त गरिएको छ । इन्जिनियरिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभवका आधारमा उनलाई नियुक्त गरिएको हो ।
विगत ३० वर्षदेखि इनर्जी क्षेत्रको विशेषज्ञको रुपमा रहेका नेपाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालको लामो समयदेखिको अनुभवले कम्पनीलाई थप ऊर्जा मिल्नेछ ।
‘गुणस्तरीय जीवनका लागि विद्युत प्रवाह’ भन्ने मूल उद्देश्यका साथ सन् २००० मा स्थापित कम्पनीले प्रसारण, वितरण लाइन तथा सबस्टेसनलगायत विद्युतीय संरचना निर्माण गर्दै आएको छ । अहिलेसम्म कम्पनीले एक हजार बढी रोजागारी सिर्जना गरी ३० लाख बढी व्यक्तिसम्म विद्युत सेवा पुर्याइसकेको छ ।