विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

घोराही । दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत्‌को पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।

सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा  राहत भएको छ । उनको घरमा करिब एक महिनाअघि मात्र विद्युत्‌ सेवा पुगेको उनले बताए । ‘पहिले अँध्यारोमा बस्नुपर्थ्यो, बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपर्थ्यो,’ उनले भने, ‘अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।’

उनका अनुसार मोबाइल चार्ज गर्न करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो । गाउँमा विद्युत् पुगेपछि अहिले त्यो समस्या अन्त्य भएको छ । घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको थियो । एक पटक त बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको उनी सम्झिन्छन् ।

उपमहानगरपालिकाभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उनको गुनासो छ । स्थानीयहरूका अनुसार विद्युत् सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो । कुटानपिसानको मिल चलाउन, सिलाइकटाइ गर्न, कम्प्युटर सेवा दिन, वेल्डिङजस्ता काम सम्भव थिएनन् । अब भने केही सहज भएको छ । युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ ।

घोराही–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए । यसका लागि आफू लागिपरेको उनले बताए ।  आफू निर्वाचित भएपछि २०७९ सालमा ३ करोड ६७ लाख लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको उनी बताउँछन् ।

त्यसअघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन । बाँकी रहेका ठाउँमा विद्युत् पुर्‍याउन २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यद्यपि, ठेकेदार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनले बताए ।  नागरिकको घरमा छिटो विद्युत् पुर्‍याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ ।

उनका अनुसार सैघामा धेरै बस्तीमा बिजुली बलेको छ तर लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायत बस्तीमा अझै सेवा पुग्न सकेको छैन । ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उनले बताए । अब विद्युत्‌सँगै  अन्य पूर्वाधार समेत विकास होस् भन्ने स्थानीयको अपेक्षा देखिन्छ ।

यस वडा पहाडी क्षेत्र भएकाले सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३