विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल विवाद

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौता रहेका उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । बक्यौता महसुल नतिरिकन उद्योगहरुमा लाइन जोड्न सोमबारको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अघिवक्ता खडानन्द कँडेलले मंगलबार रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

उनका अनुसार  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौँसहित ३ निकायलाई विपक्षी बनाई उत्प्रेषणको आदेश माग गर्दै रिट निवेदन दायर भएको हो । 

उक्त रिटको सुनुवाई इजलास नम्बर १० न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा हुने गरी बुधबारका लागि पेशी तोकिएको छ । 

१५ दिनभित्र महसुल उठाउने गरी उद्योगहरूमा तत्काल लाइन जोड्न सोमबारको मन्त्रिपरिषद्ले निर्देशन दिएको थियो । त्यसै अनुसार प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिले २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । 

पछिल्लो समय प्राधिकरणले बक्यौता नतिरेको भन्दै ३४ उद्योगको लाइन काटेको थियो । यी मध्ये ६ वटा उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न पाउने सुविधा लिएर लाइन सुचारु गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३