विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार (२६ देखि ३१ भदौ) देखि ‘नाडा अटो शो २०२३’ आयोजना गर्दै छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रदर्शनीको एक समारोहका बीच भृकुटीमण्डपमा साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  २०७६ को अन्त्यबाट फैलिएको कोभिड-१९ महामारीका कारण झण्डै या ४ वर्षसम्म अघि बढ्न नसकेको उक्त प्रदर्शनी मंगलबारदेखि सुरु हुन लागेको हो ।

आयोजक नाडाका उपाध्यक्ष एवं मेला व्यवस्थापन संयोजक अनुप बरालका अनुसार यस पटकको मेलामा सानाठूला गरी विभिन्न सवारी साधन उत्पादक कम्पनी, आयातकर्ता तथा अन्य क्षेत्रका गरी कूल १२० वटा स्टल र ब्लकहरू रहनेछन् । दुई लाखभन्दा बढी अवलोकनकर्ताले उक्त मेलाको भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए । यो वर्षको मेला ४ वर्षपछि मात्रै लाग्न लागेको हुनाले अवलोकर्ताहरूको भीड हुने अपेक्षा रहेकाे आयोजकले जनाएको छ ।

संयोजक बरालका अनुसार प्रदर्शनीमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायतका सवारी साधन तथा लुब्रिकेन्ट र पार्टपूर्जाको प्रदर्शनी हुने छ । त्यस्तै, यो पटकको अटो शोमा विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राख्न लागिएको छ । पछिल्लो समय सवारी उत्पादक हरेक जसो कम्पनीले विद्युतीय सवारी समेत उत्पादन गर्न थालिसकेका छन् ।

अटो शोको अवलोकनका लागि २०० रुपैयाँको टिकट लाग्ने व्यवस्था गरिएको छ । यसमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने छन् । मेलाको टिकट लिन भौतिक रूपमा मेलामै र डिजिटल माध्यमबाट खल्ती एपको प्रयोग गरेर लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३