विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गर्न पनि सुझाए । रसुवा बाढीको चुनौतीपूर्ण समयमा कायम मुकाय कार्यकारी निर्देशकको रूपमा सफल कार्यसम्पादन गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद पनि दिए ।

सपथपछि कार्यकारी निर्देशक श्रेष्ठले बुधबारदेखि नै प्राधिकरण पुगेर आफ्नो पदीय जिम्मेवारी तथा कार्यभार ग्रहण गरेका छन् । 

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

यो पनि पढ्नुहोस् : विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३