विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्य सरकारसँग मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको छ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि बर्खाको विद्युत खेर जाने अवस्था आएपछि बजार व्यवस्थापनका लागि भारत गएको प्राधिकरण टोलीले बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो ।

बर्खाको ६ महिना माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका जलविद्युतगृहले उत्पादन गरेर स्वदेशमा खपत नभएकाे विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट विद्युत आयात गरी माग व्यवस्थापन गर्न पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव त्यहाँको कम्पनीसँग गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘बर्खाको समयमा २४ सै घन्टा २ सय मेगावाट बढी विद्युत बिहार पठाउन सक्ने अवस्थमा हामी पुगेका छौं,’ उनले भने, ‘राति ११ बजेपछि नेपालतर्फको लोड कम हुँदा थप विद्युत दिन सकिन्छ । तर, हिउँदका ६ महिना आन्तरिक उत्पादनले माग र आपूर्ति व्यवस्थापन गर्न नसकिने हुँदा बिहारबाट ल्याउँछौं भनेका छौं ।’ उनले नेपालबाट भारततर्फ गएको विद्युत र उताबाट आयात भएको विद्युतको परिमाण फरक परेमा उपयुक्त बिधिबाट मूल्य निर्धारण गरिने बताए ।

उनले प्राधिकरणले बिहारलाई गरेको प्रस्तावका सम्बन्धमा सम्बन्धित निकायबाट सकारात्मक जवाफ पाएको र केही दिनमै ठोस निर्णय आउने बताए । बिहारसँग हिउँद र बर्खाको समयमा विद्युत आदान–प्रदान गर्न प्राधिकरणले गरेको प्रस्ताव गरेको मोडल कार्यान्वयनमा आउन सकेमा ठूलो उपलब्ध हुने उनले बताए । 

बर्खामा विद्युतमा आत्मनिर्भर भइसके पनि हिउँदको माग व्यवस्थापन गर्न अझै केही वर्ष भारतको विद्युतमा भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए । घिसिङकाअनुसार अबको ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट विद्युत विभिन्न विन्दुबाट बिहारलाई दिन सकिने दाबी गरे ।

बर्खामा खेर जाने अधिकतम विद्युत बिहारलाई दिन सकेमा हिउँदमा आयात गर्दा खर्च हुने अरबौं रुपैयाँ भारत जानबाट रोक्न सकिने प्राधिकरणले जनाएको छ । अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइनमार्फत ३७१ मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिन्छ ।

प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर तथा रामनगर विन्दुबाट २४सै घण्टा ‘नर्थ बिहार पावर डिष्ट्रिब्युसन’कम्पनीलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । 

बर्खामा उत्पादित विद्युत आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत बिक्रीका विषयमा छलफल गर्न घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन् ।

प्राधिकरण टोलीले गत बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायका पदाधिकारीसँग छलफल गरेको गरेको थियो । टोलीमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन सहभागी थिए । 

टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई पटनामा भेटी विद्युत आदान–प्रदानका विषयमा छलफल गरी प्रस्ताव पेश गरेको थियो । विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युतको माग तथा आपूर्तिको अवस्था, २ मुलुकबीचमा विद्युत व्यापारको सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरुसँग विस्तृत छलफल गरेको थियो । 

प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरुसँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा  छन् । आयोजनाहरुको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् ।  १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरु वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् । 

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत बिक्री गर्न सहमतिको लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरु, केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारीहरु एवम् नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी)का पदाधिकारीहरुसँग विस्तृत छलफल गरिएको थियो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३