विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्यालीको आयोजना गरेको छ । आफ्नो ३८औं वार्षिकोत्सव मनाउने पूर्व तयारी कार्यक्रम अन्तर्गत शनिबार यस्तो जनचेतनामुलुक र्याली सम्पन्न गरिएको हो ।

प्राधिकरणको प्रधान कार्यालय रत्पाकंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो । र्यालीको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारी प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताए । पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतीय सवारीको प्रयोग बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटो मोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरू, विद्युतीय सवारी साधनका प्रयोकर्ता लगायतको उपस्थिति थियो । र्यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे, प्राधिकरण सञ्चालक समितिका सदस्यहरू लगायत सहभागी थिए । प्राधिकरणले सहरी  क्षेत्रका लागि  विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ ।

प्राधिकरणले विद्युत् खपत बढाउँदै लैजान र विद्युतीय सवारीलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति अनुरूप देशका विभिन्न ठाउँमा १ सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् ।

चार्जिङ स्टेसनको महसुलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म निशुल्क प्रसारण लाइन निर्माण गरिदिने र २ सय केभिएसम्मको प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएकोले विद्युतीय सवारीको प्रयोग पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा चार पाङग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको विद्युतीय सवारीको सङ्ख्या ६६२६ रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएको छ । पछिल्लो तीन वर्षमा ९७९० दुई पाङग्रे सवारी आयात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit