विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दर खोला हाइड्रो पावरले ६.५ मेगावाटको दर खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले अध्ययन पुरा भएको यस आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको हो । 

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर ३ साबिक मुना गाविस अन्तर्गत उक्त मेगावाटको आयोजना निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट अनुमति प्राप्त हुने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असका विषयमा सरोकारवालसँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको हाे । 

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको बिजाइन बहाव १.४४ घनमिटर प्रति सेकेन्ड र कुल हेड ५४८ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर ३५.९८ गिगावाट घण्टा विद्युत उत्पादन हुनने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्या संरचनाहरु दर खोलाको बायाँ किनारमा पर्दछन् भने आयोजनाको हेडवक्र्स धवलागिरी गाउँपालिका वडा नम्बर ३ मा पर्दछ । दर खोलाको पानीलाई १२.१७ मिटर लामो र १ मिटर उचाईको डाइभर्सन वाएर निर्माण गरी ३ वटा साइड इन्टेक पाइपबाट जम्मा गरिनेछ । यसरी जम्मा गरेको पानी सतही विद्युत गृहमा पुर्याइनेछ । 

विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ र ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन मार्फत डाँडाखेतमा प्रस्तावित सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

यो आयोजनाबाट ३ वर्षपछि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा  उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit