विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले ३९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले सो मुनाफा आर्जन गरेको हो ।

सार्वजनिक वित्तीय विवण अनुसार दोस्रो त्रैमाससम्ममा ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा नाफा घटेको हो । गत वर्ष यही समयअवधिमा ४० करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीबाट गरेको आम्दानी भने गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कास्कीमा १३ मेगावाटको मद्क्यू खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडले बिजुली बेचेर १९ करोड ३३ लाख ३० हजार ६ सय ६३ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको खुद नाफा भने ६ करोड ७९ लाख २९ हजार ९ सय १९ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit