विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको विद्युत् लाइन काटेको छ । बिहीबार राती साढे ९ बजे उक्त उद्योगको बिजुली कटौती गरिएको हो । पटक पटक ताकेता गर्दा पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगरेपछि लाइन काटेको प्राधिकरणले जनाएकाे छ ।   

उद्योगले करिब १ अर्ब ६० करोड १८ लाख ४३ हजार रुपैयाँ विद्युत् महसुल बक्यौता राखेको सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले ऊर्जा खबरलाई बताए ।

यो सहित विद्युत् कटौती भएका उद्योगको संख्या ६ पुगेको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुल नतिरेको भन्दै प्राधिकरणले यसअघि मंगलबार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टको लाइन काटेको थियो । रिलायन्स स्पिनिङ मिल्सले करिब ७५ करोड, घोराही सिमेन्टले ५१ करोड र अर्घाखाँची सिमेन्टले ४४ करोड रुपैयाँ महसुल बुझाउन बाँकी रहेको प्राधिकरणको भनाइ छ । 

त्यस्तै बुधबार राती जगदम्बा सिन्थेटिक र हुलास स्टिल उद्योगको लाइन काटेको थियो । जगदम्बाले करिब २० करोड ५० लाख ४३ हजार रुपैयाँ र हुलासले करिब ११ करोड २९ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । 

१५ दिनको म्याद दिएर महसुल तिर्न असार १० गते प्राधिकरणले यी उद्योगलाई पत्राचार गरेको र महसुल नबुझाएपछि लाइन काटिएको जनाएको छ । 

डेडिकेटेड फिडर र ट्रंक लाइनको बिजुली प्रयोग गरेका ६१ वटा उद्योगले जरिवानासहित करिब ८ अर्ब २५ करोड ९७ लाख रुपैयाँ तिर्नुपर्ने प्राधिकरणको भनाइ छ । 

उद्योगीहरूले भने पटक पटक पत्रकार सम्मेलन गरी विद्युत् खपतको प्रमाणबिना प्राधिकरणले दाबी गरेको बक्यौता नतिर्ने अडान लिँदै आएका छन् । बिहीबार पनि पीडित तथा प्रताडित उद्योगी समूहको व्यानरमा पत्रकार सम्मेलन गरी उनीहरूले लाइन काटिएका उद्योगमा तत्काल विद्युत् सेवा सुचारु नगरे सबै उद्योगीले सामूहिक रूपमा विद्युत् सेवा बहिष्कार गर्ने चेतावनी दिएका थिए । उद्याेगीकाे चेतावनीपछि पनि प्राधिकरणले विद्युत् कटाैती जारी राखेकाे हाे ।

यसअघि प्राधिकरणले गत पुसको ६ देखि २३ गतेसम्म लाइन काटेको थियो । यसबारे छानविन गर्न सरकारले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेपछि लाइन जोडिएको थियो । सरकारले गठन गरेको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि पनि दुई पक्षबिचको विवाद भने कायमै देखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३