विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को अनुदान सहयोगमा एमसिए नेपालले अघि बढाएको उच्च क्षमतायुक्त प्रसारण लाइन आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्र रद्द भएको छ । 

उक्त बोलपत्र प्रक्रियामा प्रसारणलाइन निर्माणका लागि प्राविधिक मूल्यांकनमा पास भएका कम्पनीले आयोजनाको अनुमानित लागत प्रस्तावभन्दा ६० प्रतिशतसम्म बढी लागत प्रस्ताव गरेपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । 

अनुमानित लागतभन्दा बढीको प्रस्ताव आएपछि एमसीए–नेपालले एमसीसी हेडक्वार्टरसँग ठेक्का अघि बढाउने वा रोक्ने भन्नेबारेमा सुझाव मागको थियो । एमसिसीले उक्त बोलपत्रको प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्न सुझाव दिएपछि एमसिसीले ठेक्का रद्द गरेको हो । 

प्राविधिक मूल्यांकनमा पास भएका ठेकेदार कम्पनीले लागत अत्यधिक महँगो प्रस्ताव गरेपछि अर्थमन्त्री रामशरण महतले पनि पुनः बोलपत्र आह्वान गर्न एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई निर्देशन दिएका थिए । 

यस्ताे छ सूचना

एमसिए नेपालले ४०० केभी क्षमताकाे ३१५ किलोमिटर लामो  प्रसारणलाइनलाई ३ वटा प्याकेजमा निर्माण गर्ने गरी १२ मंसिर २०७९ मा ठेक्काको सूचना निकालिएको थियो । 

लप्सिफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किमि) पहिलो खण्ड, रातमाटे–न्यु दमौली (९० किमि) दोस्रो खण्ड  र न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) तेस्रो खण्ड गरी कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । 

उक्त आयोजना गत १३ भदौबाट निर्माणको चरणमा प्रवेश गरेको घोषणा एमसिए नेपालले गरेको थियो । निर्माणको चरणमा प्रवेश गरेको ५ वर्षभित्र काम सक्नुपर्ने एमसिसीको प्रावधान रहेको बताइएको छ । उक्त अवधिमा काम नसकिए अनुदान रकम फिर्ता जाने सर्त रहेकाे एमसिसीले बताउँदै आएको छ । 

पहिलो चरणको ठेक्का प्रक्रिया नै रद्द भएपछि अब दोस्रो पटक ठेक्काको प्रक्रिया सुरु गर्नुपर्ने भएका छ । यसका लागि सूचना जारी गरेर प्रस्ताव आवेदन परेपछि प्राविधिक प्रस्ताव मूल्यांककै लागि पनि अर्को ७ महिनासम्म लाग्न सक्ने देखिएको छ । यसले परियोजना लम्बिने देखिएको छ । 

यो परियोजना अन्तर्गत प्रसारणलाइनका लागि ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ । टावर निर्माणका क्रममा २ लाख १२ हजार रुख काट्नुपर्छ । सरकारी र निजी गरी ८ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । त्यस्तै रुख कटानको स्वीकृति प्रक्रिया पनि अघि बढाइएको छ । 

प्रसारणलाइन निर्माणका लागि २२८ मिलियन डलर (२९ अर्ब  ६४ करोड रुपैयाँ) खर्च हुने एसमीए–नेपालको लागत अनुमान छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit