काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगर क्षेत्रको सबै विद्युतीय तार डेढवर्षभित्र भूमिगत गरिने बताएका छन् । आइतबार (आज) महानगर कार्यकापालिकाको दोस्रो बैठकमा उनले यस्तो बताएका हुन् ।
सडक, विद्युत र खानेपानीका प्रमुखसहितको बैठकमा डेढवर्षभित्र विद्युतीय तार भूमिगत गर्ने नेपाल विद्युत प्राधिकरणले प्रतिबद्धता गरेको शाहले बताए । प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेकाे छ । अबको हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत, खानेपानीलगायत निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र एकआपसबिच सहकार्यको समिक्षा गरिने पनि उनले बताए ।