विद्युत अपडेट

  • प्राधिकरण : ८४६५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७७३ मे.वा.घन्टा
  • आयात : २४२३ मे.वा.घन्टा
  • निर्यात : ८९६५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५३४९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४७७ मे.वा.
२०८३ जेठ २४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिजी रिलायन्स बेभरेज प्रालिले विश्व वातावरण दिवसको अवसर पारेर मनहरी गाउँपालिका–६ मा ग्रामीण सडक बत्तीहरू जडान तथा समुदायलाई फोहोर सङ्‌कलन गर्ने डस्टबिनहरू हस्तान्तरण गरेको छ । सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले सडक बत्ती र डस्टविनको प्रबन्ध गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सञ्चालन गर्दै आएको उद्योग वरपरका क्षेत्रमा स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनलाई सहयोग पुर्‍याउन कारखाना परिसर तथा नजिकका सडकमा बत्तीहरू जडान गरिदिएको हो । साथै, सफाइ र पर्यावरणीय जनचेतनालाई प्रवर्द्धन गर्न वडाभित्रका उपयुक्त सार्वजनिक स्थानहरूमा राख्ने गरी फोहोर सङ्कलनका लागि उपयुक्त र टिकाऊ हुने डस्टबिनहरू समेत हस्तान्तरण गरेको छ ।

मनहरी गाउँपालि वडा ६ का वडाध्यक्ष युवराज थपलियाले कम्पनीको यस कार्यको प्रशंसा गर्दै स्थानीय समुदायको कल्याणका लागि स्थानीय सरकार र कम्पनीबिचको सहकार्य महत्त्वपूर्ण रहेको बताए ।

सिजी रिलायन्स बेभरेज प्रालिले स्थानीय सरोकारवालाहरूसँग मिलेर समुदायको दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता स्वरूप यो कार्य गरेको हो । यो कम्पनी नेपालको चौधरी ग्रुप र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडबीचको संयुक्त लगानीमा स्थापित उद्योग हो, जसले नेपालमा क्याम्पा पेय पदार्थहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३