विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

प्राविधिक विषयमा व्यवस्थापनको अर्थ होला तर नायकत्व असम्भव छ । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो अवस्था हेर्दा व्यवस्थापकीय चुस्ततालाई नायकत्व स्थापित हुने गरी प्रचार गरिएको छ । यस्ता भ्रामक विषयहरू समयसँगै खारेज भएर जानेछन् । प्राधिकरणको वास्तविक अवस्था के हो ? समयले सबैलाई जनाकारी गराउने नै छ । नेपालको लोडसेडिङ हटाउन व्यवस्थापकीय क्षमताले मात्रै काम गरेको पक्कै होइन ।

हाल प्राधिकरणको नेतृत्वले यसअघिका सबै व्यवस्थापकको योगदानको कदर गरेको देखिँदैन । सबैलाई अँध्यारोमा जनतालाई राखेर आफूले कुस्त कमाउने अपराधीझैँ चित्रण गर्‍यो । केही जानकारहरूले बाहेक कसैले प्रतिकार नगर्दा व्यवस्थापक नायकमा रूपन्तरण हुँदै गए । उनी उज्यालो नेपालका अभियन्ता वा प्रवर्तकको रूपमा चर्चित हुँदै गए । तत्कालीन गार्हस्थतर्फको लोडसेडिङ हट्नुको वास्तविकता भन्नेलाई अध्यारोका खेलाडी उपमा दिइयो ।

सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा वास्तविकता भन्दा बढी भ्रम फैलाइयो । औपचारिकरूपमा २०७५ जेठदेखि देशमा लोडसेडिङ हटेको घोषणा गरियो । यद्यपि, प्रत्येक वर्षको फागुन, चैत, बैशाख र मध्य–जेष्ठसम्म पूर्वदेखि पश्चिम नेपालगन्जसम्मका उद्योगहरूमा माग अनुसार विद्युत् आपूर्ति हुन सकेन । लोड व्यवस्थापनका नाममा बिहान, दिउसो र बेलुका गरी १२–१४ घण्टासम्म विद्युत् कटौती गरियो । तराईका कतिपय गाउँ–बस्तीमा हुने अनियमित विद्युत् वितरणलाई चुस्त व्यवस्थापन भनियो ।

अब प्रश्न उठ्छ, के चमत्कारको भरमा देशबाट लोडसेडिङ हटेको होे वा केही व्यवस्थापकीय पक्ष थियो ? प्रश्न व्यक्तिले बढी जस लिए वा चर्चित भए भन्ने होइन । वास्तविकता जनतासामु उजागर भयो वा भएन भन्ने हो ? प्राधिकरणले प्रचार गरे जस्तै हामी स्वाबलम्बी भएर आफ्नै उत्पादनको बलमा  लोडसेडिङ हटेको हो वा विभिन्न सरकारका पालामा भारतसँग भएका विद्युत् सम्झौता र देशको माग बमोजिम विद्युत् आयात गरी लोडसेडिङ हटेको हो ? त्यस्ता सम्झौता प्राधिकरणका कार्यकारी निर्देशकको व्यक्तिगत पहलले भएको हो वा सरकारको अग्रसरतामा ? वर्तमान व्यवस्थापकले आफ्नै अग्रसरतामा कुनै ठूलो विद्युत् आयोजना निर्माणको सुरुवातसँगै सम्पन्न गरेर देशमा लोडसेडिङ हटेको हो वा आयातबाट ?

एकातिर, प्रसारण लाइन नबन्दा मध्यभोटेकोसी (१०२ मेगावाट) र रसुवागढी (१११ मेगावाट) को बिजुली खेर जाने परिस्थिति उत्पन्न भएको छ । अर्कोतर्फ, भारतबाट ठूलो परिमाणमा विद्युत् खरिद गरी गार्हस्थतर्फको लोड व्यवस्थापन गरिएको छ । अर्बौँ रुपैयाँ भारततिर जाँदा हाल प्राधिकरणको वित्तीय अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ । गलत बिल–विजक जारी गरी संस्था नाफामा गएको भ्रामक प्रचार गरिएको छ । यो भ्रम “लाल आयोग”को प्रतिवेदनसँगै निवारण भएको देखिन्छ । अतः प्राधिकरणको वर्तमान नेतृत्वका कारण देशको समग्र जलविद्युत् विकास गलत बाटोतिर हिडेको पुष्टि हुन्छ । हामी भारतीय ऊर्जा बजारमा यति परनिर्भर भएका छौँ कि, यसले कालान्तरमा हाम्रो राष्ट्रिय स्वार्थमा गम्भीर आघात पुग्ने देखिन्छ । साथै, हाम्रो सार्वभौमसत्तामा समेत प्रश्न उठ्न सक्ने छ ।

लोडसेडिङ हटेको हो वा होइन !

‘देशमा लोडसेडिङ हटेकै छैन’ भन्दा अध्यारोका व्यापारीसँगको साँठगाँठ भन्ने बुझिन्छ । यद्यपि, यो आलेख तयार गर्दा अध्ययन गरिएको २०७९ साल र २०८१ सालको विद्युत्‌काे माग, आयात र वितरणको वास्तविकताले प्राधिकरणको दाबी र धरातलीय यथार्थलाई उजागर गर्दछ ।

उल्लिखित तथ्यांक अनुसार प्राधिकरणको वितरण प्रणालीसँग अवद्ध कुल विद्युत् मागको ६० प्रतिशतमात्र हाम्रो उत्पादनले धानेको छ । बाँकी ४० प्रतिशतमा भारतकै भर छ । त्यस समयमा रुस–युक्रेन युद्धका कारणले विश्वव्यापी रूपमा ऊर्जा संकटको अवस्था थियो । त्यसो हुँदा, नेपालले माग गरे बमोजिम बिजुली भारतबाट आयात हुन सकेन । त्यसकारण, कुल मागको कम्तीमा १३ प्रतिशत लोड काट्नु परेको थियो ।

गार्हस्थ वर्गतर्फ लाइन काटी विद्युत् व्यवस्थापन गर्दा धेरै होहल्ला हुने हुँदा बढी चतुर्‍याइँका साथ प्राधिकरणले औद्योगिक ग्राहकको लाइन काटेको थियो । जसलाई ‘ट्रिपिङ’को नाम दिई थामथुम पारिएको थियो । वास्तविकता कति दिनसम्म लुकाउन सकिएला ? तलको तथ्यांकले पनि धेरै कुरा सतहमा ल्याएको छ ।


उल्लिखित दुई वर्षको विद्युत् व्यवस्थापनको विवरणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने वर्षको चार महिना कुल मागको ४० प्रतिशत हिस्सामा पूर्ण रूपमा भारतमै निर्भर हुनुपर्छ । माग अनुसार भारतबाट विद्युत् आपूर्ति भएको खण्डमा प्राधिकरणको लाज छोपिन्छ । अन्यथा, लोड व्यवस्थापनका नाममा दैनिक विद्युत् कटौतीको सामना गर्नैपर्ने बाध्यता छ । त्यसबाहेक, प्राधिकरणले आधिकारिकरूपमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले थप भ्रमहरूको निवारण गरेको छ ।

स्राेत : ने.वि.प्रा.

सन् २०१७ यता हरेक वर्ष हाम्रो प्रणालीमा उपलब्ध कुल ऊर्जाको औसत ३५ प्रतिशत हिस्सा भारतको छ । भारतसँग हाम्रा अनेक सम्झौता भए । त्यसमध्ये, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) पनि एक हो । विद्युत्‌काे अन्तराष्ट्रिय बजारमा पहुँच पाएसँगै नेपालको विद्युत् आपूर्ति प्रणाली सुधार भएको पक्कै हो । यद्यपि, देश विद्युत्मा आत्मनिर्भर भएको हुँदै होइन । अझ, प्राधिकरण त कुनै पनि हकमा आत्मनिर्भर छैन । निजी क्षेत्रको उत्साहजनक सहभागिताले उत्पादन प्रणालीमा नियमित विद्युत् थप भएकै छ । निजी क्षेत्रको योगदानमा प्राधिकरणको भन्दा सरकारका सकारात्मक नीति–नियमले भूमिका बढी छ ।

माग र आपूर्तिको यो धरातलीय यथार्थको विश्लेषण नगरी कसैले पनि भ्रम सिर्जना गर्नु अपराध हो । एउटा जिम्मेवार सरकारी निकाय प्राधिकरणले अनावश्यक विश्लेषण र भ्रमको खेती कहिलेसम्म गर्ने ? यस्ता गतिविधिले ऊर्जा उत्पादनमा आत्मनिर्भर बन्ने नेपालीको चाहाना पूरा हुँदैन । ऊर्जा व्यापारबाट राष्ट्रिय आम्दानी वृद्धि गर्ने सोच वा औद्यौगिकीकरणको लक्ष्य हराएर जान्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पमा समेत तुषारापात हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३