विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्ला केही समययता सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नाम तथा फोटो राखेर स्थानीय निर्वाचन प्रचारप्रसार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् ।

नक्कली ट्वीटर ह्याण्डल र यससँग सम्बन्धीत कुनै पनि विषय आफूसँग नजोडिएको भन्दै उनले गलत सूचना प्रवाह नगर्न पनि अनुरोध गरेका छन् । उनले बैशाख २८ गते सूचना जारी गरेर भनेका छन्– मेरो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

सूचनामा भनिएको छ– मेरो आधिकारिक ट्वीटर ह्यान्डल २प्ःन्जष्कष्लन रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रस्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रूपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरू नगरीदिन समेत अनुरोध गरेका छन् ।

सूचना

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit