विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । धरमनगर सोलार फार्मका २ आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न ३३ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६ मा अवस्थित १० मेगावाटको धरमनगर सोलार फार्म र १५ मेगावाटको धरमनगर सोलार फर्म–२ बाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लाइन निर्माण गर्न लागिएको हो । यसका लागि प्रवर्द्धक कम्पनी पशुपती रिन्यूएबल्स लिमिटेडले निर्माण अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

आयोजनाको स्वीचयार्डदेखि शिवराज नगरपालिका–५ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको शिवपुर (चनौटा) सबस्टेसनसम्म करिब ३.३ किलोमिटर लाइन निर्माण गर्न कम्पनीले अनुमति मागेको हो ।

प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने सोमबार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन सरोकारवाला सबैसमक्ष विभागले सूचित गरेको छ ।

प्रसारण लाइनअन्तर्गत उचाई अधिकतम १३ मिटर उचाइका ९३ वटा टावर निर्माण गरिने छ । लाइन निर्माणका लागि ३.५०४५ हेक्टर जमिन आवश्यक पर्ने र यस मध्ये पोलका लागि स्थायीरूपमा करिव ०.००३५२८७ हेक्टर जग्गा आवश्यक पर्नेछ, यसबाहेक विद्युतमार्ग क्षेत्राधिकारअन्तर्गत ३.५०१ हेक्टर जग्गा आवश्यक पर्नेछ । प्रसारण लाइनको निर्माण ४ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३