विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको ५ महिना पूरा भइसकेको छ । उनले करिब ३ महिना कामु र ५९ दिन अर्थात् करिब २ महिना पूर्ण जिम्मेवारी सम्हालेका छन् ।

यस अवधिमा शाक्य र उनको समूहले केही उल्लेख गर्न लायक कामको परिणाम देखाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई गत कात्तिक २७ गते कामु कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको थियो । त्यसको करिब ३ महिनापछि माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्यो ।

कामु हुँदादेखि प्राविधिक सुधार र गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था मिलाउन खरो उत्रिएका शाक्यले पूर्ण कार्यकारीको जिम्मेवारी पाएपछि आफ्नो योजना कार्यान्वयनलाई अझ तीव्रता दिँदै आएका छन् । यस अवधिमा करिब एक दर्जन सकारात्मक परिणाम देखिएका छन् । संस्था तथा विद्युत् क्षेत्रको गुणस्तरीय विकासको एजेन्डा पनि अगाडि बढेको देखिन्छ ।
केही उपलब्धिहरू

१. फेज सिफ्ट समस्या समाधान

ढल्केबरबाट खिम्ती र हेटौंडा हुँदै आउने सर्किटमा फेज सिफ्टको समस्या थियो । जसका कारण लुप  पूरा गर्न मिल्दैनथ्यो । लुपलाई एउटै चक्रमा जोड्न नमिल्ने हुनाले भक्तपुर, बानेश्वर र पाटनको लोड (माग) मिलाउन समस्या भइरहेको थियो । खिम्तीतिर लोड बढी भएर हेटौंडातिर सार्दा पहिला लाइन काट्ने अनि जोडने । त्यसैगरी हेटौंडामा बढी भए खिम्तीमा सार्दा पहिला काट्ने अनि खिम्तीतिर जोड्ने गरिन्थ्यो ।

काट्ने पहिले र जोड्ने पछि हुन्थ्यो । हरेक पटक लाइन टुट्थ्यो । छुटाउने र जोड्ने गर्दा ग्राहकले असुविधा भोग्नु परेको थियो । खिम्तीमा फेज सिफ्ट मिलाइसकेपछि लुप जोडियो । अब पहिला जोडेर लुप पूरा गर्ने अनि काटिने भयो । खिम्तीमा ओभर लोड भएर हेटौंडा सार्दा पहिला जोड्ने अनि काट्ने प्रणाली बन्यो । त्यस्तै, हेटौंडामा लोड बढी भएर खिम्तीतिर सार्दा पनि त्यसै गरियो । यसो हुँदा ग्राहकले थाहा नपाइकन समस्या समाधान भयो ।

उक्त समस्या कुलमान घिसिङले ४ वर्षसम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दा समेत पत्ता लगाउन सकेका थिएनन् ।

त्यही फेज सिफ्टको समस्या रक्सोलमा पनि थियो । भारतबाट आएको लाइन परवानीपुर र मुजफ्फरपुरबाट आएको लाइन ढल्केबरमा जोड्न । यो पनि समाधान भयो । गत तिहारको लक्ष्मी पूजाको दिन भार प्रेषण केन्द्रमा बसेर समस्याबारे छलफल गरी शाक्यले समाधानको उपाय निकालेका थिए । लक्ष्मीपूजाको एक सातापछि इन्जिनियरहरू पठाएर काम गर्न लगाइएको थियो । त्यो सफल भएपछि रक्सोल परवानीपुर र रामनगरमा पनि त्यही व्यवस्था गरियो । ती सबै ठाउँमा अब लुप पहिला जोड्ने अनि पछि काट्ने गर्न मिल्छ ।

यसअिघ पहिला लाइन काटेर लुप जोडिन्थ्यो । यसरी काट्दा र जोड्दा दुई पटक लाइन ट्रिप हुन्थ्यो । यसबाट उद्योगहरूलाई धेरै नै मर्का परिहेको थियो ।

२. सिटी रेसियोमा सुधार

खिम्ती सबस्टेसनमा सिटी (करेन्ट ट्रान्सफर्मर) रेसियो कममा राखेर लोड बढाउन नसक्ने गरी राखिएको थियो । यसो हुँदा त्यहाँबाट ८०–९० मेगावाटभन्दा बढी लोड काठमाडौं आउन नसक्ने अवस्था थियो ।

उक्त समस्या पहिचान गरेर समाधान गरिएको शाक्यले बताए । ‘त्यहाँको फोटो खिच्न लगाएर त्यो हेरेर सिटी थप्न मिल्ने रहेछ भन्ने थाहा भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘सिटी रेसियो परिवर्तन गर्न लगाएर अहिले ११० मेगावाटसम्म खिम्तीबाट ल्याउन सकिने भएको छ । यसले गर्दा पनि अहिलेको लोड धान्न सकिएको छ । नत्र यस पटक लोड धान्न नसकेर विकराल अवस्था हुने थियो ।’

अहिले देशभित्रको उत्पादन निकै कम छ । आफ्नो उत्पादन छैन । भारतबाट ल्याउन पनि बाटो साँघुरो रहेको हुँदा समस्या विकराल हुन्थ्यो । उक्त सिटी रेसियो सुधार अर्थात् स्तरोन्नती गरेपछि भारतबाटै विद्युत् ल्याएर काठमाडौं लोड व्यवस्थापन गर्न थप सजिलो भएको छ ।

३. तामाकोसीको एक्सपान्सन जोइन्टको विकल्प

४५६ मेगावाटको माथिल्लो तामाकोसीको पेनस्टक पाइपमा एक्सपान्सन जोइन्ट हटाउने विषयमा अलमल भइरहेको थियो । ‘हटाउनुपर्छ’ भनिरहँदा परामर्शदाताले अनभिज्ञता प्रकट गरेको थियो । उसले ‘सकिँदैन’ भनिरहेको थियो । तर, शाक्यले प्राविधिक रूपमा गर्न मिल्छ भनेपछि सैद्धान्तिकरूपमा परामर्शदाता सकारात्मक भएको थियो । यद्यपि, उसले ‘हटाउन सकिने/नसकिने विषयमा परीक्षण गर्नुपर्छ’ भनेको थियो ।

अप्पर तामाकोसीका अध्यक्षसमेत रहेका शाक्यले ‘एक्सान्सन जोइन्ट हटाउन सकिन्छ । यो हुन्छ । यसको जोखिम म लिन्छु’ भनेपछि काम सुरु भएको थियो । जबकि एक्सपान्सन जोइन्टका लागि तयार गर्ने भनिएका उपकरणको उत्पादन नै भएको थिएन । शाक्यको प्राविधिक अनुभवले विकल्पको बाटो देखाएको थियो ।

विकल्पबाट काम अगाडि बढेपछि तामाकोसीबाट बैशाखभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसो नगरेको भए पहिलो युनिट सञ्चालन गर्न पनि आगामी भदौ वा असोजसम्म पुग्ने अवस्था रहेको आयोजनाकै इन्जिनियरहरू बताउँछन् ।

४. पम्प स्टोरेज

शाक्य प्राधिकरणको नेतृत्वमा आएपछि जलाशय आयोजनाको टड्कारो आवश्यकता पूरा गर्न १०० मेगावाटको कुलेखानी–सिस्नेरी पप्प स्टोरेजको अध्ययन सुरु गराएका छन् । यसअघि कुलमान घिसिङको कार्यकालमा रुपा–बेगनास १५० मेगावाटको पप्प स्टोरेजको अध्ययन अगाडि बढाइएको थियो । तर, अध्ययनले यसको सम्भाव्यता देखाएन ।

विद्युत् विकास विभागले गत फागुन २० गते दुई वर्षका लागि अध्ययन अनुमतिपत्र दिएको छ । शाक्यले यस आयोजनाको ९ महिनाभित्र सम्पूर्ण अध्ययन पूरा गरेर निर्माणको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

५. ४२ मेगावाट थप

प्राधिकरणको नेतृत्वमा शाक्य आएपछि ४२ मेगावाटका ३ जलविद्युत् आयोजना प्रणालीमा जोडिएका छन् । तिनमा निजी क्षेत्रले सिन्धुपाल्चोकमा निर्माण गरेको २२ मेगावाटको चाकु, १० मेगावाटको मिथिला सौर्य विद्युत् र प्राधिकरणले उत्पादन गरेको १० मेगावाटको सौर्य विद्युत् ।

प्राधिकरणको नुवाकोटको त्रिशूलीमा निर्माण भइरहेको २५ मेगावाटको सोलार प्लान्टको निर्माण करिब ४० प्रतिशत पूरा भई १० मेगावाट प्रणालीमा जोडिएको छ ।

६. पिपिए

प्राधिकरणको नेतृत्वमा शाक्य आएपछि ३ वटा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । चिनियाँ कम्पनीको साझेदारीमा बुटवल पावर कम्पनी (बिपिसी) ले निर्माण गर्ने १३५ मेगावाटको मनाङ मस्र्याङ्दीको पिपिए नेपाली रुपैयाँ गरिएको छ । आयोजनामा विदेशी (चिनियाँ) लगानी हुनेछ ।

यसैगरी, सोही अवधिमा ३७.७ मेगावाटको इसुवा खोला क्यासकेड र ११.५४ मेगावाटको माथिल्लो बलेफीको थपिएको क्षमताको पिपिए भएको छ । क्षमता बढाएर २२.१४ पुर्याइएको बलेफीको यसअघि १०.६ मेगावाटको पिपिए भइसकेको थियो ।

७. प्रसारण लाइन तथा सबस्टेसन

प्राधिकरणले प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा पनि उपलब्धि हासिल गर्दै आएको देखिन्छ । कात्तिकसम्म ४००/२२० केभीको सबस्टेसन ९४५ एमभिए, २२०/१३२ केभीको ३२० एमभिए, १३२/६६ केभीको ५२३ एमभिए, १३२/३३ केभीको १९०४ एमभिए, १३२/११ केभीको ४६२.५ एमभिए, ६६/३३ केभीको ४२.५ एमभिए, ६६/११ केभीको ५८४.५ एमभिए र ३३/११ केभीको ४७८ एमभिए जडित थिए ।

कात्तिकसम्म विभिन्न भोल्टेजका ५२३० एमभिए क्षमताका ट्रान्सफर्मर जडान भएकोमा फागुनसम्म आइपुग्दा ६२६९ एमभिए पुगेको छ । कात्तिकदेखि फागुनसम्म मात्र सबस्टेसनको करिब १००९.५ एमभिए क्षमता थपिएको छ ।

कात्तिकसम्म ६६ केभी, १३२ केभी, २२० केभी र ४०० केभीमा क्रमशः ५१४ किलोमिटर, ३२७४ किलोमिटर, ५६६ किलोमिटर र ७८ किलोमिटर प्रसारण लाइन विस्तार भएको थियो । कात्तिकसम्म ४४३२ किलोमिटर प्रसारण लाइन विस्तार भएकोमा फागुनसम्म आइपुग्दा ४७१९ किलोमिटर पुगेको छ । कात्तिकदेखि फागुनसम्म २८६ किलोमिटर थपिएको छ ।

८. ३३/११ केभी सबस्टेसन तथा वितरण लाइन

गत आवसम्म असारसम्म प्रणालीमा १५१ वटा ३३/११ केभीका सबस्टेसन निर्माण भएका थिए । त्यस यता ११ वटा सबस्टेसन थपिएका छन् । यस्तै, १७०१.५ एमभिएबराबरको सबस्टेसनको क्षमता रहेकोमा असार यता १०० एमभिए थपिएको छ । गत आवसम्म ५ हजार ३ सय १० किलोमिटर वितरण लाइन विस्तार भएकोमा त्यस यता ८०.५ किलोमिटर थपिएको छ ।

यसैगरी, विद्युत् विस्तारसँगै ग्राहकको संख्यामा पनि बृद्धि भएको छ । गत असारसम्म ४२ लाख १७ हजार १ सय १० ग्राहक संख्या रहेकोमा कात्तिकमा ४३ लाख १८ हजार ३ सय ४० पुगेको थियो । त्यो संख्या माघसम्म आइपुग्दा ४३ लाख ९३ हजार ८ सय १३ पुगेको थियो । कात्तिकदेखि माघसम्म मात्र ७५ हजार ४ सय ७३ ग्राहक थपिएका छन् ।

उता विद्युत्मा पहुँच पुगेको जनसंख्या गत असारसम्म ८६.४४ प्रतिशत थियो । यो संख्या कात्तिकसम्म ८९.२५ प्रतिशत रहेकोमा माघमा आइपुग्दा ९१.३६ प्रतिशत पुगेको छ । कात्तिकदेखि माघसम्म मात्र २.११ प्रतिशत ग्राहक बढेका छन् ।

सामुदायिक संस्थातर्फका करिब ६ लाख ग्राहकसमेत गणना गर्दा विद्युत्को पहुँच पुगेको संख्या ५० लाख हाराहारी पुगेको देखिन्छ । यसबाट करिब ९४ प्रतिशत जनासंख्या विद्युत्को पहुँचभित्र समेटिएको अनुमान गर्न सकिन्छ ।

९. अन्य

प्राधिकरणको नेतृत्वमा शाक्य आएपछि तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेज (बाँध निर्माण) को ठेक्का सम्झौता भएको छ । तामाकोसीको डिस्यान्डिङ बेसिनको परीक्षण, पानी भर्ने, पेनस्टक पाइप र बाइफरकेसन परीक्षण पनि सम्पन्न भएको छ ।

अहिलेसम्म ४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाको ८ सय मिटर सुरुङ पूरा भई कूल प्रगति २५ प्रतिशत मापन गरिएको छ । उता ४०० केभीको ढल्केबर र २२० केभीको दाना–कुस्मा सबस्टेसनको काम पूरा भई सञ्चालनमा आएका छन् । यस्तै संखुवासभामा निर्माण भएका तुम्लिङटार र बानेश्वर सबस्टेसनको काम पनि पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit