विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण सम्पन्न ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ । सुपर मादी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको ‘ड्राई टेष्ट’ भइरहेको हो ।

आयोजनाको बाँध, सुरुङमार्ग, विद्युतगृह सबै क्षेत्रको काम पुरा गरी उपकरण जडान समेत सम्पन्न गरेर आन्तरिक परीक्षण गरेको कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगनाले बताए । ‘अहिले आन्तरिक परीक्षणको काम अन्तिम चरणमा पुगेको छ’ उनले ऊर्जाखबरसँग भने, ‘दुई/तीन दिनपछि पानी भर्ने काम सुरु हुनेछ, एक साताभित्र उत्पादन परीक्षण (वेट टेष्ट) सुरु गरिनेछ ।’

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर परीक्षण पूरा गरेपश्चात उत्पादन परीक्षण सुरु हुने कम्पनीले जनाएको छ । परीक्षण उत्पादन सुरु गरेपछि दुई साता प्राधिकरणलाई निशुल्क विद्युत दिइनेछ ।

आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले बनाएको हो ।

आयोजनाबाट २०७८ चैतभित्र विद्युत उत्पादन गर्ने तालिका भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, २०७८ असार १ गते मादी खोलामा आएको बाढीले संरचना नै भत्काएपछि प्रभावित भएको कम्पनीले जनाएको छ ।

बाढीले आयोजनाका निर्माण उपकरण तथा सामाग्री सबै बगाएको थियो । संरचनामा पुगेको क्षति तथा बाढीमा उपकरण बढ्दा १ अर्ब रुपैयाँ बढीको नोक्सानी प्रवद्र्धक कम्पनीले बेहोर्नुपरेको थियो ।

आयोजनाको थप विवरण
आयोजना : सुपर मादी
क्षमता : ४४ मेगावाट
प्रवर्द्धक : सुपर मादी हाइड्रो पावर लिमिटेड
आयोजनास्थल : कास्की जिल्ला (मादी गाउँपालिका)
वार्षिक उत्पादन : २४२.६५ गिगावाट घन्टा
सुरुङ : ७.५ किलोमिटर
लागत : ७ अर्ब ४७ करोड (एनआइसी एसिया, एनसिसी, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभु बैंकको ५ अर्ब ७५ करोड २७ लाख ऋण लगानी)
ठेकदार : सिभिल (हिमाल हाइड्रो लिमिटेड) 
सम्झौता : २०७५ जेठ ७ गते
परामर्शदाता : सानिमा हाइड्रो एण्ड इन्जिनियरीङ कम्पनी
व्यापारिक उत्पादन तालिका : २०७८ असार (कोरोना महामारी र बाढी पहिरोले तालिका धकेलिएको)
प्रसारण लाइन : ३३ केभी (९ किलोमिटर)
सबस्टेसन : लेखनाथ

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३