विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकामा प्रस्तावित १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्दा जलयात्रा (र्‍याफ्टिङ) व्यवसाय संकटमा पर्ने भन्दै सराेकारवाला तथा व्यवयासीहरू चिन्तित बनेका छन् । शनिबार गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाईमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

विकासका नाममा पर्यावरण र नदीको अस्तित्व सङ्कटमा पार्न नहुने प्रदेश सभासदस्य कृष्ण सिलवालले बताए । नेपाल र्‍याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत् आयोजनाले नदी किनारमा रहेका जलयात्रा व्यवसायसँग सम्बन्धित  कम्पनीलाई सङ्कटमा पार्ने बताए ।

‘होटल व्यवसाय, जलयात्रा र अन्य कम्पनीको गरी अर्बौं लगानी सङ्कटमा पर्छ,' उनले भने, 'जलयात्रा पूर्णतया बन्द नै हुन्छ । ३ हजार ५०० पथप्रदर्शक र १० हजार मानिसको पेसा सङ्कटमा पर्छ । विकासको नाममा मजदुरको रोजीरोटी खोसिनु हुँदैन ।’

नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी सङ्कटमा पार्न नहुनेमा जोड दिए । ‘म विकास विरोधी भने होइन । नदी सुकाएर गरिने विकास दूभाग्यपूर्ण हुन्छ,’ उनले भने ।

कार्यक्रममा स्थानीय प्रतिनिधिले नदीलाई जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेपाल एसोसिएसन अफ–याफ्टिङ एजेन्सी (नारा) ले जथाभावी जलविद्युत् आयोजना निर्माणसँगै जलयात्रा, पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको जनाउँदै यसअघि विरोध गर्दै आएको थियो ।

नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा जलयात्रा गर्न जाने व्यवसायीले जनाएका छन् । त्रिशूली सरकारले जलयात्राका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो । जलयात्रा, रिसोर्टलगायतमा ५ अर्ब रुपैयाँ लगानी छ । यस नदीमा जलविद्युत्‌गृह बनाउँदा नदीको पानी सुकेर अर्बौं लगानी डुब्ने व्यवसायीको तर्क छ ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने आयोजनाको प्रारम्भिक काम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit