विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित चमेलिया अर्थात् चौलानी नदीमा डाँडै खस्ने गरी गएको पहिरोले केही समय नदी थुनिए पनि त्यस क्षेत्रका जलविद्युत् आयोजनाहरू पूर्णरूपमा सुरक्षित रहेका छन् । नदीले आफ्नो धार अर्थात् गति समातिसकेको हुँदा आपतकालीन अवस्था नदेखिएको हो ।

पहिरो ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाभन्दा करिब १५ किलोमिटर माथि खसेको र केही समय पानी सञ्चित भएको अपि पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सञ्जिव न्यौपानेले बताए । 'उक्त पहिरोले नदीको बहाव केही समय रोकिएको हो, अहिले पुनः आफ्नो साविककै लय समातिसकेको छ,' उनले भने ।

नदी थुनिएपछि उत्पन्न जोखिमका बाबजुद जलविद्युत् आयोजनाको भौतिक संरचना तथा उत्पादनमा कुनै असर नपरेको पनि न्यौपानेले जानकारी दिए । माथिल्लो चमेलियाभन्दा माथिल्लो तटीय क्षेत्रमा सञ्चालनरत १० मेगावाटको मकरीगाढ पनि पूर्ण सुरक्षित रहेको उनको भनाइ छ ।

यसअघि, जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा पहिरो खस्ने क्रम जारी रहेको र नदी आधा थुनिएकाले पूरै थुनिन सक्ने जोखिम औंल्याएको थियो । जिल्ला प्रशासनले सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बद्ध निकायलाई उच्च सतर्कता अपनाउन अपिल गरेको थियो । प्रशासनले बाढी र पहिरो सम्बन्धी आपत्कालीन जानकारी तथा उद्धारका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र सुरक्षा निकायका सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३