विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तामाकोसी–बाह्रबीसे–काठमाडौं ४०० केभी प्रसारण लाइनको पहिलो खण्डको ८ किलोमिटर तार तान्ने काम पूरा भएको छ । तामाकोसी नदी र सुनकोसी नदी आसपासको विद्युत् काठमाडौंसम्म पुर्याउन निर्माण गरिएको लाइनको काम तिव्र गतिमा अघि बढेको हो ।

२ खण्डमा निर्माणाधीन लाइनको तामाकोसी–बाह्रबीसे पहिलो खण्ड ४४ किलोमिटर लामो रहेको छ । लाइनको दोस्रो खण्डको तुलनामा पहिलो खण्डको काम तिव्र गतिमा भइरहेको छ । लाइनको जिम्मा पाएको कम्पनी केइसीले संयुक्त रुपमा सर्भे र डिजाइनपछि टावरको काम गरिरहेको छ ।

पहिलो प्याकेजको ७६ वटा टावरको जग पूरा भई ५७ वटा टावर ठड्याइसकिएको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले बताए । पहिलो प्याकेजको ११८ वटा टावरमध्ये दोलखामा ८५ वटा, सिन्धुपाल्चोकमा २७ र रामेछापमा ३ वटा पर्छ । दोलखामा २ वटा टावर गुठीको जग्गामा परेकाले त्यसको निर्णयका लागि क्याविनेट पठाउने तयारी भइरहेको पनि यादवले जानकारी दिए ।

आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबीसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । कम्पनीले करीब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ ।

लाइनको दोलखामा १८ वटा र सिन्धुपाल्चोकमा १३ वटा टावर वन क्षेत्रमा पर्छ । वनमा टावर निर्माणका लागि एक हजार र तारमुनी पर्ने रुख ४ हजार काट्नु पर्ने देखिएको छ ।

लाइनको टावरले ओगट्ने जग्गाको दोलखामा ८० प्रतिशत र सिन्धुपाल्चोकमा ३६ प्रतिशत बढी मुआव्जा वितरण भइसकेको छ । आयोजनाको दोलखा र सिन्धुपाल्चोकमा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरिएको हो ।

आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नु पर्छ । औषतमा प्रति रोपनी ७ लाख मूल्याङ्कन भएको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले जानकारी दिए । दोलखा जिल्लामा मात्र करिब १५ करोड मुआब्जा वितरण गर्नु पर्छ । आयोजनाले डेढवर्ष अघि मात्र मुआब्जा वितरण सुरु गरेको हो ।

दोस्रो प्याकेजको बाह्रबीसेदेखि काठमाडौंको लप्सीफेदीसम्म पर्छ । त्यसको १२२ वटामध्ये १०६ वटा  टावरको जग खन्ने काम पूरा भएको छ । १०० वटा टावर ठड्याइसकिएको छ । यो प्याकेजको सिन्धुपाल्चोक र काभ्रेपलान्चोकमा मुआब्जा वितरणको काम भने अन्तिम चरणमा पुगेको आयोजनाका सामाजिक सुरक्षण अधिकृत सन्तोगा काफ्लेले बताए ।

तर, लप्सीफेदीमा सबस्टेसन निर्माणको काम भने सुरु हुन सकेको छैन् । काठमाडौं र भक्तपुरमा मुआब्जा वितरणको काम सुरु नै हुन सकेको छैन ।

एसियाली विकास बैंकको ऋण लगानीमा यो आयोजना निर्माणाधीन छ । लप्सीफेदीबाट नुवाकोट–पोखरा–बुटवल क्षेत्र भने एमसीसीको आयोजनाले ४ सय केभीकै अर्को प्रसारण लाइन निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit