विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेश अन्तर्गत निर्माणाधीन चोभार सबस्टेसनदेखि पाटन सबस्टेनससम्मको ४.५ किलोमिटर लामो भूमिगत लाइन निर्माणको वातावरणीय प्रभाव यकिन गर्न राय/सुझाव मागेको छ । प्राधिकरणले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारीको क्रममा प्रभाव यकिन गर्न स्थानीय सरोकारवालासँग सुझाव मागेको हो ।

आयोजना निर्माण गर्दा सो क्षेत्रको प्राकृतिक, भौगिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न राय/सुझाव मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो सो स्थानको महानगरपालिका, नगरपालिका तथा विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, संस्था वा सरोकाराला व्यक्तिले आगामी ७ दिन (पुस ३ गते) भित्र लिखित राय/सुझाव दिनुपर्नेछ ।

लाइन कीर्तिपुर नगरपालिकाको चोभारमा निर्माण भइरहेको १३२ केभी चोभार सबस्टेनदेखि ललितपुर महानगरपालिकाको ३३ केभी पाटन सबस्टेसनसम्म भूमिगत निर्माण हुनेछ ।

लाइनको उदगम बिन्दुदेखि अन्तिम बिन्दुसम्म पक्की सडकमुनि बिछ्याइनेछ । लाइनमा जम्मा ९ वटा जोइट पिटहरू रहनेछन् । निर्माण गर्दा विशेष गरी खाडल खन्ने र केही स्थानमा तेस्रो दिशामा ड्रिलिङ गर्ने विधि प्रयोग गरिनेछ ।

काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई सफा, भरपर्दो र स्तरोन्नति गर्नका लागि प्राधिकरणले भूमिगत लाइन निर्माण अघि बढाएको प्राधिकरणले जनाएको छ । आयोजना अन्तर्गत नै ३३ केभी पाटन सबस्टेनलाई १३२ केभी जीआइएस सबस्टेसनमा स्तरोन्नति गरिनेछ । आयोजनाको काम निर्माण सुरु भएको २ वर्षमा सम्पन्न गरिने योजना छ । आयोजनाको सम्पन्न गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit